ब्रिटनमा आप्रवासी हालसम्मकै दोस्रो ठूलो स्तरमा
ब्रिटनमा गत वर्ष लामो समयको लागि बसाईं सर्ने मानिसको संख्या हालसम्मकै दोस्रो ठुलो स्तरमा पुगेको छ।युरोपेली संघभित्रै पनि आप्रवास बढेको छ।
ब्रिटनका अध्यागमन मन्त्री जेम्स ब्रोकनसाइरले ले भनेका छन्, सरकार आप्रवासीलाई थेग्न सक्ने तहमा पुर्याउन प्रतिवद्ध रहेको छ।
तर आगामी महिना हुने जनमत संग्रहमा ब्रिटन युरोपेली संघबाट बाहिरिनुपर्छ भन्दै राजनीतिक अभियान चलाइरहेका फराज नाइजलले सामुहिक आप्रवासी आउने क्रम नियन्त्रणबाहिर रहेको दाबी गरे।
सन् २०१५ मा ब्रिटन प्रवेश गर्ने आप्रवासीहरुको संख्या ३ लाख ३३ हजार पुगेको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ जुन अहिलेसम्मको अभिलेखमा दोस्रो ठूलो संख्या हो।
आउँदो जुनमा हुने जनमत संग्रहमा ब्रिटनलाई युरोपेली संघबाट बाहिर ल्याउनुपर्ने भन्दै अभियान गरिरहेका लण्डनका पूर्व मेयर बोरिस जोनसोनले भनेका छन्, ब्रिटनका प्रधानमन्त्री डेबिड क्यामरनले गरेको ब्रिटन युरोपेली संघकै हिस्सा हुँदा आप्रवासीको संख्यालाई १ लाख भन्दा कममा पुर्याउने भनेर हुन नसक्ने बाचा गरेका थिए।
बीबीसीका राजनीतिक सम्पादक लरा क्वेन्सबर्गसंग बोल्दै बोरिसले भनेका छन्, प्रधानमन्त्रीले आफ्नो बाचा पूरा गर्न सक्छु भनेर व्यंग्यात्मक र अस्वीकार्य कुरा गरेका थियो।
बोरिसले आफू पहिला आप्रवासी समर्थक रहेपनि आप्रवासीको बढ्दो संख्याप्रति आम मानिसको सहमति नभएको भन्दै आप्रवासीको अवस्था पूर्णरुपमा आफ्नो नियन्त्रण बाहिर रहेको बताएका छन्।
अध्यागमन मन्त्री जेम्स ब्रोकनसाइरले भनेका छन्, इयुभित्रबाट भन्दा बाहिरबाट आउने आप्रवासीहरु बढी थिए।रोपेली संघ छोडेमा अर्थतन्त्रलाई नोक्सान पुग्ने र जागिरमा असर गर्नसक्ने उनले बताए ।
युरोपेली संघमा बस्ने वा नबस्ने भन्ने विषयमा आउँदो जुन २३ तारिखमा मतदान हुँदैछ।