हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

श्रीमान मलेसिया, प्रेमीसँग बिहे गर्न दुई सन्तानको हत्या

u
बागलुङ, जेठ १३ – बागलुङको बोहोरागाउँमा आगलागीमा परी ज्यान गएका भनिएका दुई बालकको हत्या भएको रहस्य खुलेको छ । गएको वैशाख १४ गते बेलुका बोहोरागाउँ-७ सानो जिरीस्थित हेमबहादुर घर्तीको घर गोठमा आगलागी हुँदा उहाँका ६ वर्षकी नातिनी समुन्द्रा घर्ती र ३ वर्षका नाति मनोज घर्तीको ज्यान गएको थियो ।

आगलागीको घटनापछि गाउँमा चलेको चर्चा र विदेशमा रहेका मृतक बालबालिकाका बाबुको आशंकाका आधारमा अनुसन्धान गर्दा आगलागी भवितव्य नभई नियोजित भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालबालिकाको नियोजित हत्या गरेको आरोपमा मृतककी आमा २३ वर्षकी कमला घर्ती र उनीसँग अनैतिक सम्बन्धमा रहेका र हत्यामा संलग्न रहेका देविस्थान–४ का २२ वर्षका भिमबहादुर भण्डारीलाई बुर्तिबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कमलाका श्रीमान सन्तबहादुर केही वर्षदेखी मलेसियामा काम गर्दै आएका थिए । पक्राउ परेका भण्डारीले बिहे गर्ने योजनामा बाधा देखिएकाले दुई बालबालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले साढे दुई वर्षदेखि आफूहरुको सम्बन्ध रहेको र सुनितालाई बिहे गर्ने प्रस्ताव राख्दा बालबालिकालाई छोडेर जान नसक्ने बताएकाले हत्या गर्ने योजना बनाएको बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले अनैतिक सम्बन्धले भाग्ने योजनाका साथ बालबालिकाको हत्या भएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । ‘अभियुक्त घाँस काट्न गएको र उहाँका सासु ससुरा घर बाहिर गएको मौका छोपेर भण्डारीले बच्चाको हत्या गरेको पाइएको उहाँको भनाई छ । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरेको छ ।

@दिल शिरीष/उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution