ट्वाइलेटमा पाइथनले लिंग टोकिदिएपछि…
डेलीमेल युकेले दिएको जानकारी अनुसार थाइल्याण्डमा एक व्यक्तिलाई ट्वाइलेटमा बसिरहेको बेलामा पाइथनले टोकेको छ । कमोडमा बसेका ३८ वर्षिय एथापोर्न बुनम्याकचुए नाम गरेका ति व्यक्तिको लिंगमा पाइथनले टोकिदिएको थियो । पाइथनले टोक्नासाथ उनी भुइमा लडेका थिए । पाइथनका तिखा दातँका कारण पनि पिडा असह्य भएपछि उनलाई होस सम्हाल्न गाह्रो परेको थियो ।
११ फिट लामो पाइथनबाट छुटकारा पाउन उनीले हरसम्भव प्रयास गरेका थिए । उनको लिंगबाट धेरै रगत बगेको थियो । ढोकामा पाइथनको टाउको लगातार हानेपछि पाइथनबाट उनले छुटकारा पाएका थिए । उनलाई हस्पिटल भर्ना गरिएको छ । पाइथनलाई इमर्जेन्सी समुहका मानिसहरु आएर पाइपबाट निकालेका छन् । पाइथनलाई पाइपबाट निकालेपछि सुरक्षितसाथ प्लाष्टिकमा राखिएको छ ।