पोर्चुगलको प्रतिष्ठित अवार्ड नेपालीमूलका व्यवसायीले जिते
जेष्ठ १३, २०७३- एक नेपालीमूलका व्यवसायीले पोर्चुगलको प्रतिष्ठित अवार्ड जितेका छन् ।बागलुङ दमेकका टंकनाथ सापकोटाले प्रतिस्पर्धीलाई पछि पार्दै पोर्चुगलको प्रेमिओ आरेस्प २०१६ जित्न सफल भएका हुन् । बुधबार राति राजधानी लिस्बोनमा भएको कार्यक्रममा पोर्चुगलका उच्च अधिकारीले पुरस्कार हस्तान्तरण गरे ।
सृजनशील व्यवसायमा विशेष योगदान गर्नेहरुमध्ये उत्कृष्टले उक्त पुरस्कार प्रदान गरिन्छ । पुरस्कारमा छटोट भएका सातमध्ये उनीमात्रै विदेशी हुन् ।सापकोटा १९ वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन् ।
खानामा दुर्लभ सामाग्रीको प्रयोग र बनाउने नयाँ शैलिका कारण उनले पुरस्कार हात पारेका हुन् ।
-बाबुराम भूसाल