हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलका लागि नेपाली महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई संगको अन्तर्वार्ता

प्रल्हाद कुमार प्रसाई

इजरायलमा कार्यकाल सकेर फर्कदै छन्, राजदूत प्रल्हाद प्रसाईं । ताप्लेजुङको हाङपाङमा छ दशकअघि जन्मिएका प्रसाईले २०३९ सालमा कूटनीति सेवामा प्रवेश गरेका हुन् । त्यसअघि विभिन्न विद्यालयमा शिक्षक रहेका उनी कुटनीति सेवा प्रवेशपछि आधा दर्जन मुलुकमा रहेर काम गरिसकेका छन् । उनी आफ्नो कूटनीतिक करिअर सम्पन्न गरेर निजी जीवनमा फर्कदै छन् । करिअर राजदूत प्रसाईंले विगत सात बर्ष देखि बन्द रहेको इजरायलमा नेपाली केअर गिभरको ढोका पुन: खोलेका छन् । उनले इजरायलमा कामदारको लागि ढोका मात्र खोलेनन्, सरकारी तहबाट नै लैजाने समेत तय गरे ।

उनको कार्यकालको अन्त्यमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पनि इजरायल पुगेका छन् । तीन दिने औपचारिक भ्रमणमा दुईपक्षीय उच्चस्तरको छलफल हुनेछ । थापाको भ्रमण र नेपाल इजरायल सम्वन्धको विषयम अडेर इजरायलमा एसिया प्यासिफिकका सबै राजदूतहरुको डिन समेत रहेका करिअर राजदूत प्रसाईसँग कान्तिपुरकर्मी चन्द्रशेखर अधिकारीले हर्जेलियास्थित सरकारी निवासमा गत साता नेपालीको अवस्था, इजरायल नेपाल सम्वन्ध लगायतको विषयमा अडेर गरेको कुराकानीको सार संक्षेप :

चार वर्षे कार्यकाल सकाएर फर्कने तयारीमा हुनुहुन्छ । कस्तो अनुभव भएको छ ?

मेरो चार बर्षे कार्यकाल सधै नै ब्यस्त रहेर वित्यो । कहिल्यै विदा लिएर बस्न समेत भ्याइन । आरम्भदेखि अन्तिमसम्म ब्यस्त रहन पाँएकोमा खुशी छु । इजरायल र नेपालको पुरानो सम्वन्धलाई मजबुद र क्रियाशिल बनाउन केही इट्टा थप्ने काम गरे । जसले गर्दा मेरो बसाईमा सन्तोष गर्ने ठाँउ मैले पाँए ।

तर नेपाली केअर गिभर ल्याउने काम तपाई फर्कने बेलामा मात्र सफल भयो नि, यसमा किन ढिला भएको होला ?

हो, यसमा ढिलाई भएको सत्यकुरा हो । नेपालीहरुको लागि इजरायल राम्रो गन्तब्य हो । यहाँ जतिसक्दो धेरै नेपालीलाई केअर गिभर होस या कृषिमा ल्याउन सके राम्रो हुन्छ । समस्याहरु आएका कारण नेपाली आउनेक्रम बन्द भएको थियो । आएदेखि नै मेरो ध्यान सम्वन्ध सुधार र अन्य पक्षहरुसंगै नेपालीहरु आउने क्रमलाई कसरी निरन्तरता दिलाउने भन्नेमा नै रह्यो । आफू फर्कने भन्दा केही समय अघि यो खुलाएर एक टोलीलाई इजरायलमा ल्याइसकेको र काम गर्ने स्थानमा आफै पुगेर आएको हुँ । मैले रोकिएको काम खुलाउने भन्दा पनि अव कसरी ल्याउने भन्ने स्थायी थिती बसाएको छु । यसले अव हरेक बर्ष एक हजार भन्दा बढि केअर गिभरमा र कृषिमा पाँच सय बढि नेपाली आउन सक्नेछ । कृषिमा पनि समस्या थियो । तर अहिले साना किसान विकास बैंकमार्फत गाउ गाउका युवालाई ल्याउने कार्य समेत सफल भइसहेको छ । केअर गिभरको यो प्रयास सफल बनाउन सबै लाग्न जरुरी छ ।

के भएर बन्द भएको रहेछ नेपाली कामदारको लागि इजरायल यति लामो समयसम्म ?

नेपालीहरु ल्याउदा धेरै रकम लिएको । कतिपय नेपाली अलपत्र परेको अवस्था र उनीहरुले दिएको उजुरीको आधारमा इजरायलीले नै नेपालीलाई ल्याउन बन्द गरेका रहेछन । बैधानिक रुपमा सन् २००९ देखि बन्द भएको हो । म २०१२ मा आए देखि नै खुलाउने प्रयास गरे । यसको कागजी काम डेढ एक बर्ष अघि नै भएको हो । तर सबैलाई थाहा भएको कुरा हो हामीको र अन्यको काम गर्ने शैली । आउने वित्तिकै सबै अधिकारीहरु संग सल्लाह गरे । गणतन्त्र दिवसको कार्यक्रमको अवसरमा इजरायलीहरुलाई बोलाएरसमस्याको विषयमा छलफल गरे । उनीहरुले म्यानपावरबाट नगर्ने भन्ने धारणा पाए । त्यसपछि परराष्ट्र र श्रम मन्त्रालयसंग कुराकानी गरेर नै म इजरालयमा नेपालीको ढोका पुन खोल्ने माध्यमको रुपमारहे ।

अझै पनि कता कति म्यानपावरबाट ल्याउन सकिन्छ कि भनेर लागेका छन नि ?

हो, कतिपय अझै पनि कसरी म्यानपावरबाट ल्याउन सकिन्छ भनेर लागेका छन । तर अव पुन: म्यानपावरमा जाने भनेको नेपालीले पाउन कोटा नै बन्द गर्नु हो । त्यसैले यो मोडललाई सफल बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकार(सरकार (जिटुजी) स्तरबाट नै अघि बढेर काम थाल्नुपर्छ । अव विवादमा अल्झने होइन । म्यानपावरबाट आउदा एक बर्षसम्मको पारिश्रमिक एजेन्टले खाएको थियो । तर अहिले त्यो अवस्था छैन् । योग्य मानिस आउछन् । काम पनि राम्रो छ । यसमा नै हामीले जोड दिनुपर्छ ।

गैर आवासिय नेपाली संघ तथा केही नेपालीहरु यो सफल नहुने बताएका छ नि ?

त्यो कतिपयको बुझाई होला । तर, वास्तविकतामा जानुपर्छ । इजरायलमा धेरै त्यस्ता कामदार चाहिने होइन । कुनै एक मुलुकबाट नै पनि ल्याउन सक्छ । तर उसले सबैसंग सम्वन्ध राखौ भनेर बाडेर कामदार लिएको छ । केअर गिभर ४५ हजारको माग हो । त्यो तलमाथि हुन्छ । तर, चािहने त्यती नै हो । यसमा भारत, श्रीलंका, फिलिपिन्स, माल्देभा, थाइल्याण्डबाट कामदार ल्याएको छ । उसले नेपालमा गरेको जस्तो सम्झौता गर्न ति मुलुकहरुसंग पनि प्रारम्भिक तयारी गरिरहेको छ । कतिपयलाई पत्रपठाई सकेको छ । त्यसैले निजीलाई पनि सरकारले दिएको कोटामा बोलाउने हुनाले यसलाई अन्यथा नलिईकन काम गर्नपर्ने हुन्छ । इजरायल सरकारले नै विश्वास दिलाएको छ । अव यही तवरबाट नेपाली ल्याउने हो । हरेक वर्ष कोटा तोकेर ल्याउने हो । उनीहरुले सबैमा कोटा तोक्छ । अहिले कृषिमा २० हजार बढिले काम गरिरहेका छन । त्यसमा नेपाली ५ सय जति छन भने धेरै थाईहरु छन । कामदारहरु नै दलालबाट ठगिए भेनर अदालतसम्म पुगेको र इजरालको सर्वोच्च अदालतले नै सरकारी तवरबाट ल्याउनु भनेपछि इजरायलीहरु पनि त्यही आधारमा अघि बढेका हुन ।

समस्या के छन् ?

यहाँ कार्यरत सबै नेपालीहरु खुशी छन् । तर, कहिलेकाही काम सकेर जाने समयमा एक मुस्ट रकम लिने विषयमा सामान्य समस्या देखिन्छ । त्यो नदिन केहीले पहिले देखि नै उजुरी हाल्ने र कादारलाई असक्षम बनाउने प्रयास एक आदले गर्न खोज्छन । त्यसमा कन्सुलरले सम्वोधन गर्ने गरेको छ । अन्य भनेको सामान्य समस्याहरु जस्तै कन्सुलर टाइपका, पासपोर्ट, ट्राभल कार्ड, पैसा भनेजस्तो दिएन । उपदान दिएन भन्नेमा नै हुन्छ । त्यसको कानुनी उपचार हामीले त्यस्तै संस्था खोजेर लगाउने गरेका छौ ।

कृषिमा कति नेपाली छन् । अहिले कस्तो छ थप सम्भावना ?

कृषिमा पहिला उच्चशिक्षाका लागि आउने र काम गर्ने गरेका थिए । तर अहिले केअर गिभर राम्रो भएपछि कृषि विद्यार्थीह ल्याउन थालिएको छ । साना किसान विकास बैंकको विद्यार्थीहरुको अभियान आरम्भ गरिएको छ । यो केअर गिभरहरु छन् । पाँच कलेजहरुमा पाँच सयको हाराहारीमा १८, १९ जिल्लाबाट आउने गरेका छन् । लर्न एण्ड अर्न कार्यक्रममा नेपालीहरु आउने गरेको छ । जुन जुन स्थानमा कृषि कलेज छ त्यहा गएर काम गरेको हुन्छ । कृषकले तोके बमोजिमको पैसा पनि दिने गरेको छ । १२ सय जतिले काम गरेर फर्केका छन् । कमाएको रकम पनि लैजाने र नेपालमा कृषि पेसा गर्न सकोस भन्नेमा लागेका छौ । कृषि विकास बैंक र सरकारले सहयोग गरेको खण्डमा उनीहर सफल हुनेछन । साना किसान विकास बैक, इजारयली दूतावास, परराष्ट्र मन्त्रालयको जोडमा यो काम अघि बढेको हो ।

भूकम्पपछिको इजरायलले गरेको सहयोगलाई कसरी लिनु भएको छ ?

नेपालमा भूकम्प गएको जानकारी पाएपछि कतिपयले आफै सम्पर्क गरे कतिलाई हामीले खवर गर्‍यौ । सरकारले दातृ राष्टको सहयोग अपेक्षा गरेको थियो । त्यो कुरा भन्ने वित्तिकै सकारात्मक धारणा पाए । उनीहरु तुरुन्तै फिल्ड अस्पताल र उद्धार टोली लिएर विशेष विमान लिएरु काठमाडौं लागे । फिल्ड अस्पताल खोले । सहयोग गरे । यसले पनि सम्वन्धलाई निकट बनाएको छ । इजरायलसँग हाम्रो सम्वन्ध सकारात्मक छ । नेपाल र इजरायलको पुरानो सम्वन्ध घचघच्याउन भने पर्नेछ ।

इजरायलबाट पर्यटक भित्र्याउने सम्भावना कस्तो छ ?

नेपाल विश्वकै अग्लो शिखर सगरमाथको देश यो विश्वको होचो भुभाग डेड सिको देश । कार्यक्रम गरेर समन्वयकारी काम हुदा इजरायली मात्र होयन विदेशीलाई समेत नेपाल तान्न सकिन्छ । यसमा हामीले काम पनि गर्‍यौ । डेड सिमा सगरमाथाको ढुंगा राखेर मोमेन्टम बनाउने काम गऱ्यौ । हुलाक टिकट निकालेका छौ । विभिन्न कार्यक्रम गर्ने गरेका छौ । यसले सकारात्मक सन्देश दिएको छ । तर पर्यटन मुलुकको आन्तरिक स्थायीत्वले पनि काम गर्छ । अन्नपूर्णको हिम पहिरोमा परेर निधन भएपछि इजरायलीलाई सम्झाउन गाह्रो भएको थियो । तर म आफै मृतकको घर घरमा पुगेर सम्झाउने काम समेत गरे । उनीहरु अग्रिम सुचना, मौसमको भविष्यबाणी किन गरिएन भन्नेमा छन । त्यसपछि उनीहरले पनि विभिन्न समयमा अध्ययन गरेर त्यसमा अहिले सोच परिवर्तन हुदै गएको छ । केही समय न्युन थियो । तर अहिले पर्यटन बढेको छ । इजरायली आफै पनि घुम्नेमा पर्छन । युवाहरु खर्चगर्न डराए पनि अघिल्लो पुस्ता खर्चमा निकै अगाडी छन ।

नेपालको राजनीतिका चासो कत्तिको छ ?

इजरायलीहरु विश्वमा नै कुशल ब्यपारि भनेर चिनिएका छन । विजनेस गर्ने विषय भएकाले होला नेपालमा राजनीतिक स्थायीत्व होस भन्ने चाहना बाहेक अन्य चाहना मैले चार बर्षमा पाइन । कसको सरकार के छ कस्तो छ भन्नेमा महत्व नै दिएको पाइन । संविधानको विषमया के कस्तो भन्नेमा चासो छैन । तर बुझ्ने गरेका छन । अध्ययनमा यिनीहरु निकै अगाडी छन ।

उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु छन होलन् नि ?

२० देखि २५ जना विद्यार्थी रहेका छन ।सबै पाविधिक फिल्डमा छन । कृषि पश्लिक हेल्थ, हिब्रु विश्वविद्यालय, टेक्नियन विश्वविद्यालयमा छन । यो आफ्नै प्रयासले आएका हुन । शैक्षिक सम्झौता गर्ने भेनर काम भएको छ । त्यो भयो भने धेरै विद्यालयलाई खोज्न लाग्नेछ । हामीले सास्कृतिक योजना छोड्ने छ । कति हुन्छ । आफ्नै तवरवाबट आएको हो । मासाप(इजरायल एजेन्सी फर इन्टरनेसनल कोअपरेसन) भन्ने संस्था छ त्यो अन्तरगत पनि नेपालीहरु पनि आउनेछ । हप्ता तीन हप्ता आउने गरेको छ । त्यसमा रिफ्रेसर कोर्ष दिने गरेको छ । त्यसमा आउनेलाई पनि ४०-४५ दिन आउने हो । राजदूत को कुरामा छ । म ज्यादै खुशी भए । सबैलाई लिस्टमा राखेको हुन्छ ।

नेपाल र इजरायलबीच दुईपक्षीय संयन्त्र बन्ने विषय कहाँ पुग्यो ?

धेरै क्षेत्रमा बाइलेटरल मेकानिजम गर्ने विस्तार गर्न सकिन्छ भनने लागेको हो । यो विषयमा पनि कुरा उठेको हो । २००८ सालमा नै गर्ने भनिए पनि अहिले सचिव स्तरीय हस्ताक्षेर भएर एक एक बर्षमा बैठक हुने र आएमहरुमा छलफल गर्ने फोरम बन्नेछ । यसमा काम हुने देखिएको छ । उपप्रधानमन्त्री कमल थापा र सचिव शंकर बैरागीको भ्रमण यसकै लागि हो । बुधबार हस्ताक्षर हुनेमा म विश्वस्त छु । यो ठूलो गेट वै हो । एजुकेसन कल्चरल एग्रिमेन्टमा काम भइरहेको छ । विभिन्न एजेन्सीहरुमार्फत पास गर्नुपर्ने हुन्छ । १९६० मा सम्वन्ध कायम भयो । १९६१ दुतावास खोलेको भएपनि हामीले २००७ मा स्थापना गरेका हौं । सम्वन्धलाई निकट ल्याउन पनि संयन्त्र आवश्यक छ ।

@इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution