हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नाङलो र रिक्साको व्यापारबाट विदेशको भन्दा धेरै कमाई

जेठ १३ – नेपालमा पैसा कमाउने के काम छ र ? ८ वर्ष अघिसम्म प्रदेशु चौधरीको मनमा परदेश जाने बाहेक अरु केही कुरा आउँदैनथ्यो । त्यसैले धेरै कमाउने सपना लिएर २०६५ सालमा साउदी अरब जानुभयो ।

लेवर कामको लागि एक लाख रुपैयाँ तिरेर साउदी पुगेका प्रदेशुले दिनको १० घण्टा खटेर महिनाको ५ सय रियाल कमाउनुहुन्थ्यो । उहाँ तीन वर्ष ६ महिना बस्नुभयो साउदीमा । तर त्यो बसाईले उहाँले न त जाँदा लागेको ऋण तिर्न सक्नुभयो न त नयाँ कुनै सिर्जना गर्न नै । ‘त्यसैले अर्कै देश जानुपर्ला भन्ने कुरा मनमा आयो’ प्रदेशु भन्नुहुन्छ । भनेजस्तो नभएपछि फेरि अर्को देश जाने निर्णय गरेर उहाँ घर फर्किनुभयो ।

त्यसपछि कैलालीमा रहेको सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्रमा पुगेपछि भने प्रदेशुको सोचाई मात्रै फेरिएन, गन्तव्य पनि बदलियो । केही समय अघिसम्म नेपालमा कुनै काम नदेखेका प्रदेशुले नयाँ बाटो भेट्टाउनुभयो भर्खरैमा भित्रिएको विद्युतीय रिक्सा ।

‘सुरुमा ६ महिना त अर्कैको रिक्सा चलाएँ’ प्रदेशु भन्नुहुन्छ ‘त्यतिबेला दिनको ३ सयदेखि ४ सय रुपैंयासम्म कमाउँथे ।’ तर ६ महिना अर्काको रिक्सा चलाएपछि प्रदेशुले आफनै रिक्सा किन्नुभयो । यसले उहाँको हौसला मात्रै थपिएन कमाई पनि ठ्याक्कै दोब्बर भयो ।

८ वर्ष अघिसम्म कामै नदेखेका प्रदेशु अहिले त विदेश जाने तयारी गरिरहेका युवालाई सुझाव दिने हुनुभएको छ । भन्नुहुन्छ ‘विदेश हिँड्नु अघि एक पटक यहीँ केहि गर्न खोज्ने हो भने कमाउने धेरै बाटा यहीँ रहेछन् ।’

कैलालीका प्रदेशुको जस्तै छ नवलपरासीको गैंडाकोटका सूर्यबहादुर सिलवालको कथा पनि । गाउँमा कामको मेलो नपाएर ६ वर्ष अघि कतार हानिएका सूर्यबहादुर अहिले आफ्नै ठाउँमा कतारको भन्दा राम्रो कमाइरहनुभएको छ । उहाँको कमाउने मेलो हो नाङ्ले व्यापार । उकालो बाटो, जंगलको विच भाग, छेउमा एउटा चौतारी छ । नवलपरासीको गैंडाकोट–१ मा रहेको मौलाकालिका मन्दिर जाने बाटोमा पिपलको बोटमुनि त्रिपालमा बिस्कुन झै बिछ्याइएका छन् खरबुजा, काँक्रो, अमिलो, केही मिठाई अनि मिनरल वाटर ।

यो नै हो सूर्यबहादुर र उहाँकी श्रीमती बिमलाले चलाएको नाङ्ले पसल । डेढ किलोमिटर ठाडो उकालोमा यिनै सामान बोकेर पुर्‍याउनु र दिनभरी सामान बेचेर फर्किनु सिलवाल दम्पतीको दिनचर्या मात्रै होइन कमाउने माध्यम पनि हो ।

६ वर्ष अघि परिवार चलाउन मुस्किल परेपछि उहाँ कतार जानुभयो । कतारमा उहाँको ३ वर्ष वित्यो । तर पेन्टिङको काममा गएका सूर्यबहादुरले सोचे जस्तो कमाउन सक्नुभएन । ‘तीन वर्षमा तीन लाख त ल्याएँ, तर के गर्नु घर खर्चमा नै सकियो’ । तर त्यसपछि भने उहाँले घर फर्किएर नाङ्ले व्यापार सुरु गर्नुभयो ।
अहिले उहाँको दैनिक सरदर एक हजारदेखि १२ सय रुपैयाँको व्यापार हुन्छ अनि महिनामा २५ हजारसम्म कमाईरहनुभएको छ । यही व्यापारबाट आएको पैसा उहाँ गैंडाकोट बचत तथा ऋण सहकारी संस्थामा दैनिक एक सय रुपैयाँ बचत गर्नुहुन्छ । त्यति मात्रै होइन उहाँले यही व्यापारबाट घर पनि बनाउनुभएको छ ।
‘तीनजना छोराछोरीको पढाई खर्च पनि यसैबाट चलेको छ’ उहाँले सुनाउनुभयो । श्रीमान घर फर्किएर गरेको काम राम्रो भएपछि श्रीमती बिमला पनि खुसी हुनुहुन्छ ।

लक्ष्मी चौधरी/कैलाली र प्रेम क्षत्री/नवलपरासी ।@ उज्यालो अनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution