अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपाल पनि सहभागी,वाशिंगटन डिसीमा नेपाली खानाको प्रदर्शनी
२६ अप्रिल २०१६ – अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको अन्तराष्ट्रिय फुड फेस्टिभलमा वाशिंगटन डिसी स्थित नेपाली दुतावास पनि सहभागी भएको छ । डाउन टाउन वाशिंगटन डिसीको International Trade Center रोनाल्ड रेगन भवनमा हिजो अप्रिल २५ तारिखमा आयोजित अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपालको तर्फबाट घर एकबाबका लोकनाथ तिवारीले भाग लिएका थिए ।
वाशिंगटन डिसीमा भएका संसारैभरीका दुतावासहरुले भाग लिएको Embassy Chef Challenge नामको यो फुड फेस्टिभलमा लोकनाथ तिवारीले नेपाली खानाको प्रदर्शनी गरेर र प्रदर्शंनीमा आएका २५ वटा मुलुकका विदेशीहरूलाई नेपाली खाना चखाई दिएका थिए । नेपाली दुतावासका ईकोनोमिक काऊन्सिलर कैलाश राज पोखरेलको नेत्रित्वोमा दुतावासको टिम फुड फेस्टिभलमा सहभागी थियो ।