हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही माग

ichchuk
काठमाडौँ, जेठ १३ गते । चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनका पक्षमा जीवन उत्सर्ग गर्ने इच्छुकको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दःुख व्यक्त गरेका हुन् ।

स्व. इच्छुककी जीवन सङ्गीनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले इच्छुकका आदर्शमार्फत उहाँका सपना पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्व इच्छुक एक पक्ष वा धारको भन्दा पनि मूलप्रवाहका आदर्शका रुपमा आफूले स्मरण गरेको बताउँदै भन्नुभयो, “युद्धमा नभई नियन्त्रणमा लिई पत्रकार सेनको हत्या भएको थियो, उहाँको हत्यामा सम्लग्नलाई कारबाही नहुनु दुःखद् हो ।”

क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले राज्यले कृष्ण सेनका हत्यारालाई कारबाहीको सटृा पुरस्कृत गरेको भन्दै कारबाहीको माग गर्नुभयो । उहाँले गृहमन्त्रालयको निर्देशनमा असंवैधानिकरुपमा पत्रकारलाई धरपकड गरिएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गर्नुभयो ।

क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले आलोचकलाई सफाया गर्ने राज्यको अलोकतान्त्रिक कार्यलाई बन्द नगरेसम्म स्वतन्त्रताको कुनै अनुभूति नहुने भन्दै दण्डहीनताको अन्त्यका लागि सेनको हत्यामा संलग्नको कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले परिवर्तन र जनताका पक्षमा लेख्ने पत्रकार इच्छुक भएको स्मरण गर्दै उहाँको आदर्शलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पद र शक्तिलाई त्यागेर जनताका पक्षमा कलम चलाउने पत्रकार इच्छुकको स्मरण गर्दै उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष दण्ड गुरुङ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार इच्छुककै स्मरणमा स्थापित कृष्णसेन स्मृति पुरस्कार पत्रकार नीमबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । रु १० हजार राशिको उक्त पुरस्कार स्व इच्छुककी जीवन सङ्गीनी तक्मा केसी र क्रान्तिकारी पत्रकार सङ्का अध्यक्ष गोविन्द अचार्यले संयुक्तरुपमा प्रदान गर्नुभयो ।

स्व इच्छुकको स्मरणमा आज शान्तिवाटिका रत्नपार्कदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो । विसं २०५९ जेठ १३ गते इच्छुकको हत्या भएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution