४ वर्षीया धर्मपुत्रीलाई बलात्कार गर्ने बाबु पक्राउ
४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ ।
पटकपटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ ।
अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । रासस