अफगानी तालिवानको प्रमुख नेतामा : मौलवी हिवातुल्लाह अखुन्दजादा
२५ मे २०१६ | अमेरिकी ड्रोन हमलामा परि आफ्ना प्रमुख मुल्लाह अख्तर मन्सुर मारिएपछि अफगानी तालिवानले नयाँ प्रमुखको घोषणा गरेको छ ।
अफगानिस्तानमा इस्लामिक सत्ता चलाएको तालिवानी सरकार अमेरिकी हस्तक्षेपपछि अपदस्थ भएको थियो । त्यसयता तालिवानले पुन: सत्ता प्राप्तिका लागि हिंसात्मक गतिविधि चलाउँदै आएको छ ।
एक विज्ञप्ति जारी गर्दै तालिवानले आफ्ना प्रमुख मन्सुर मारिएको स्वीकार गर्दै मौलवी हिवातुल्लाह अखुन्दजादालाई नयाँ प्रमुख तोकेको हो । गत शनिबार अमेरिकी आक्रमणमा परि कारमा सवार मन्सुरको बलुचिस्तान प्रान्तमा निधन भएको थियो । @ बीबीसी |