नेपाली कांग्रेसका पूर्वमन्त्री सहित प्रभावशाली नेता नयाँ शक्तिमा प्रवेश
काठमाडौं १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमन्त्री नरबहादुर बुढाका साथै प्रभावशाली नेता सोनाम छिरिङ शेर्पा नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
सोमबार आयोजित कार्यक्रममा संयोजक बाबुराम भट्टराईले उनीहरुलाई टिका लागाउँदै स्वागत गरेका थिए ।
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाका अनुसार कांग्रेस नेता शेर्पासहित विभिन्न दलका नेताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । यसैगरी पूर्वमन्त्री बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन् |