हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

परराष्ट्रमन्त्री कमल थापा ३ दिने भ्रमणको लागि इजरायलमा, राष्ट्रपतिसँग रंगशालामा भेटवार्ता

kama2

२५ मे २०१६ | इजरायल भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त्यहाँका राष्ट्रपति रेउभेन रिवलिनसँग भेटवार्ता गरेका छन्, रंगशालामा । राजधानी जेरुसेलमको रंगशालामा फुटबल खेल हेर्दै उनले राष्ट्रपति रिवलिनसँग कुराकानी गरेका हुन् ।

इजरायल कप फुबलको फाइनलमा राष्ट्रपतिसँग थापाको कुराकानीको तारतम्य भने राजदूत प्रल्हाद प्रसाईले मिलाएका हुन् । नेपाल इजरायललाई छुट्टै राष्ट्रको रुपमा समर्थन गर्ने पहिलो दक्षिण एसियाली मुलुक हो ।

समय थोरै रहेकाले अन्य स्थानमा भेट हुन नसक्ने भएपछि स्टेडियममा नै भेटवार्ता गराउन प्रसाईंले पहल गरेका थिए । नेपालका लागि इजरायलका राजदूतले पनि उक्त भेट मिलाउन इजरायल पुगेर प्रसाईसँगै मिलेर काम गरेका थिए । प्रसाईको कार्यकाल सकिइसकेको भए पनि उपप्रधानमन्त्रीको भ्रमण हुनेभएपछि मन्त्रिपरिषदबाट उनको केही दिन समय थप गरिएको थियो ।

राष्ट्रसंघीय मानवीय सम्मेलनमा समहभागि हुन टर्कि पुगेका थापा तीन दिने औपचारिक भ्रमणको लागि इजरायल पुगेका थिए । टर्कीमा तीन दिन बसेर उनी सम्मेलन सकिएकै दिन अपरान्ह इजरायल प्रस्थान गरेका हुन् । इजरायल पुगेका उनी विमानस्थलबाट सिधै फुटबल हुन लागेको रंगशाला पुगेका थिए ।

kaamal

रंगशालामा राष्ट्रपतिलगायत उच्च अधिकारीहरुको बाक्लो उपस्थिति थियो । थापासँगै भ्रमणमा रहेकी उनकी पत्नी पनि रंगशाला पुगेकी थिइन् । उनका साथ राजदूत प्रसाई, परराष्ट्र सचिव शंकरदास बैरागी र मन्त्रीका सहयोगी पनि रंगशाला पुगेका थिए ।

थापाले आजै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग पनि भेट गर्ने कार्यक्रम छ । नेपाल र इजरायलबीच आजै स्थायी कुटनीतिक संयन्त्र बनाउने सहमतिमा हस्ताक्षर हुँदैछ ।

करिब ६ हजार नेपाली रहेको इजरायलमा लामो समयदेखि कामदार जानेक्रम रोकिएको थियो । नेपाली कामदारका लागि ‘केअर गिभर’मा राम्रो अवसर त्यहा रहेको भए पनि सरकारको लापरबाहीको कारण रोकिएको थियो ।

मन्त्री थापाले बिहीबार इजरायली परिषदमा नेपाल इजरायल सम्बन्धबारे सम्वोधन गर्ने कार्यक्रम छ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution