प्रगतिशील मधेशी समाजका संयोजकसहित मधेशी नेताहरु नयाँ शक्तिमा प्रवेश
काठमाडौं । प्रगतिशील मधेशी समाजका संयोजक डा. सुरेन्द्रकुमार यादव सहित चार जना मधेशी नेताहरु नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभएको छ । आज नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग भएको छलफलपश्चात उहाँहरु नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभएको हो ।
डा. यादव मधेशमा समाजसेवामा सक्रिय हुनुहुन्छ । मधेश आन्दोलनका बेलामा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा नाकाबन्दीको समयमा राहत वितरणको काममा उहाँको प्रत्यक्ष भूमिका थियो ।
आज नयाँ शक्ति नेपालमा प्रवेश गर्नेहरुमा फोरम नेपालका सञ्जय यादव, नेपाली कांग्रेसका राजकुमार यादव, र नेपाली कांग्रेसकै राजिवकुमार यादव हुनुहुन्छ ।