यौनदुराचारी नेता बन्दा विप्लवको हाँसो ?
काठमाडौं । आफ्नो पार्टीका षडेगलेका र पार्टीबाट पलायन भएकाहरूलाई लगेर प्रचण्डले नेकपा माओवादी केन्द्र नामको पार्टी बनाएको भन्दै विप्लव माओवादीमा चर्चा चलेको खबर छ । यो माओवादी केन्द्र पार्टी छिट्टै विघटन हुने पनि उनीहरूको निष्कर्ष छ ।
केन्द्रीय सदस्यबाट हटाइएका सुताहाहरूलाई केन्द्रमा राखेर नचल्ने खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफ्ना निकटसंग बताउने गरेको स्रोतले जनाएको छ । जयपुरी घर्ती, वसन्त घर्ती, तेजबहादुर मिजारजस्ता केन्द्रीय समितिबाट हटेका/हटाइएका, पलायन भएकालाई उच्च सम्मान गरेर प्रचण्डले लैजानु भनेको प्रचण्डको बूढो र सुताहा पार्टी रहेको प्रकाण्डको बुझाइ रहेको सो स्रोतको दावी छ ।
सल्लाहकारबाट केन्द्रीय सदस्यमा जानुपर्छ भनेर लडेका र पार्टी अलग भएपछि कार्यकारी पदमा रहेका पदलोलुप र द्रब्यको पछि लाग्ने तिलक परियारको बढुवा भएको भन्दै प्रकाण्डले हाँसोको विषय बनेको बताउने गरेका छन् । ‘जनयुद्धका बेलामा आत्मसमर्पण गरेका दक्षिणपन्थीले क्रान्तिको झण्डा उठाउँछौ भन्दा धेरैले पत्याएका थिएनन्, उनले आफैंले सफाइ दिए, कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो’ प्रकाण्डको भनाई उद्धृत गर्दै सो स्रोतले बतायो । स्रोत भन्छ, लजमा केटी मिलाइदिने धन्दामा लागेर जेलमा परेका दलाललाई समेत प्रचण्डको नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा तिलक परियारहरूले लगेको भन्दै विप्लव माओवादीमा हाँसो गरिएको छ । झंक पराजुली, धर्म परियार उमेश घोरासइनी दावा तामाङ र आशिष विक बढी बद्नाम विवादास्पद ब्यक्तिहरू नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेपछि विप्लव माओवादीमा हाँसो छाएको बताइन्छ । ‘जिल्ला समिति सदस्यको हैसियतमा रहेको विवादित व्यक्तिहरू एकाएक केन्द्रीय समिति सदस्य बनेपछि मलाई त असह्य भयो,’ माओवादीका एकजना नेताले साँघु प्रतिनिधिसंग भने, ‘यौन दुराचारी र अपहरणकारीलाई राखेर नेकपा माओवादी केन्द्र कसरी पहिलो पार्टी बन्ला ?’ ती कमरेडले चिन्ता जाहेर गरे ।
उता पूर्व एमाओवादीमा भने एकतामा आएका कनिष्ठ भए भन्दै असन्तुष्टि पोखेका छन् । पूर्व एमाओवादीमा यसले विद्रोह जन्माउनसक्ने एकजना नेताले जानकारी दिए । जनयुद्धका बेलामा शंकास्पद भनेर पार्टीबाट हटाइएका पुण्य गौतमलाई मणि थापाको कोटामा केन्द्रीय सदस्य बनाइएको सुनिन आएको छ, यदि सत्य हो भने तिनलाई कुनै पनि हालतमा नमान्ने बारा जिल्लाका पूर्व एमाओवादी नेताले बताए । काठमाडौंमा बसेर नेताको आशीर्वादबाट बनाइएका केन्द्रीय सदस्यलाई कुनकुन जिल्लाका हुन त्यहीत्यही जिल्लामा पठाउन पनि तिनले माग गरे । अझै पनि गणेश प्रवृत्ति हावी हुने हो भने एकता गरेपनि नेकपा माओवादी केन्द्र पार्टी ठूलो र बलियो बन्नै नसक्ने पूर्व एमाओवादीका अर्का नेताले दावी गरे । े
रेणु दाहालको आग्रह
रेणु दाहाल पुत्री रेणु दाहालले २०७३ जेठ ९ गते फेसबुक स्टाटसबाट यस्तो आग्रह गरेकी छिन्–‘‘बुबा प्रचण्डको नाम जोडेर म(रेणु दाहाल)लाई पार्टीको केन्द्रीय समितिमा थपिन लागेको भन्ने मिडियाबाजीले मलाई दुखित तुल्याएको छ । म आफू खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहाँसम्म पुगेकी हुँ । आफ्नो हैसियत हुँदाहुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रीय समितिमा मलाई नराखियोस् । म आगामी महाधिवेशनबाट कार्यकर्ताको बीचबाट विधि र प्रक्रियासम्मत ढंगले केन्द्रीय सदस्यको रुपमा चुनिन चाहन्छु ।’’
‘‘अन्त्यमा, मेरो सुझाव यो छ कि, आम कार्यकर्ताको सन्तुलित व्यवस्थापन गर्नका लागि पालुंगटार विस्तारित वैठक जहाँ हामी सवै माओवादी एकै ठाउँमा थियौं, त्यही हैंसियतलाई आधार बनाएर चुस्त केन्द्रीय समिति निर्माण गर्दा नै आम कार्यकर्तामा प्राकृतिक न्याय हुनेछ ।’’