हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भुपेन्द्र र सिन्दिरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन

 ilaam

इलाम, १२ जेठ । झापा दमकका भुपेन्द्र निरौला र काठमाडौँकी सिन्दिरा जोशी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

इलाममा मंगलवार सम्पन्न १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भुपेन्द्रका लागि अन्तिम खेल भने सुखद भएन । खेल सकिन एक चरण बाँकी रहँदै सात अङ्क जोडेका भुपेन्द्रले पूर्वराष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा गलत चाल चाल्दा हार व्यहोर्नु प¥यो ।

तर अङ्क तालिकामा सबैभन्दा शीर्ष स्थानमा रहेका भुपेन्द्र आगामी दुई वर्षका लागि राष्ट्रिय च्याम्पियनको ताज पहिरिन पाउनेछन् । भुपेन्द्रले नौ खेलमध्ये ६ मा जित, दुई बराबरी र एक खेलमा हार व्यहोर्नुप¥यो ।

नेपाल आर्मी क्लबका सजिन महर्जनले प्रतियोगिताको दोस्रो स्थान सुरक्षित गरे । अन्तिम चरणको खेलमा पूर्वराष्ट्रिय च्याम्पियन नबिन तण्डुकारलाई पराजित गरेका सजिनले ६.५ अङ्क बनाएका छन् ।

दुई वर्षअघि भएको १८औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेका क्यान्डिडेट मास्टर केशव श्रेष्ठले भने ६ अङ्कका साथ तेस्रो स्थानमा नै चित्त बुझाउनु प¥यो । समान ६ अङ्क बनाएका राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारी चौथो तथा विलमलाल श्रेष्ठ पाँचौँ स्थानमा रहन सफल भएका छन् । उत्कृष्ट पाँच खेलाडी आगामी सेप्टेम्बरमा अजरबैजानको बाकुमा हुने ४२औँ चेस ओलम्पियाडमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसैगरी, चौथो महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन भने काठमाडौँकी सिन्दिरा जोशी भइन् । जोशी एपिएफकी शान्ता थापा तथा पूर्वमहिला राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बुलाई टाइब्रेकरमा पछि पार्दै च्याम्पियन बनेकी हुन् ।

नौ खेलबाट तीनैजनाले समान सात अङ्क जोडेको भए पनि ‘हेड टू हेड’ नतिजाका आधारमा सिन्दिरा च्याम्पियन बनेकी हुन् । नेसनल बीको समेत च्याम्पियन बन्न सफल भएकी सिन्दिराले अन्तिम चरणको खेलमा काठमाडौँकी बिनिता कपालीसँग बराबरीको नतिजा हात पारिन् ।

महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा दोस्रो, मोनालिसा खम्बु तेस्रो भए । ६ अङ्क बटुलेकी सुजना लोहनी चौथो र ५.५ अङ्कका साथ अस्मिता अधिकारीले पाँचौँ स्थान सुरक्षित गरिन् । उनीहरूले पनि ओलम्पियाडका लागि छनौट भएको राष्ट्रिय बुद्धिचाल सङ्घले जनाएको छ ।

प्रतियोगितामा खुलातर्फ ३५ र महिलातर्फ १८ खेलाडी सहभागी थिए । नेपाल बुद्धिचाल सङ्घको आयोजना तथा इलाम जिल्ला बुद्धिचाल सङ्घ र गजुरमुखी चेस क्लबको व्यवस्थापनमा भएको च्याम्पियनसीपका विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र लाखे, नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम र गजुरमुखी निर्माण कम्पनीका प्रमुख दिपक गौतमले पुरस्कार वितरण गर्नुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution