सन्यासीको धर्म ?
यो एउटा पौराणिक कथा हो । मर्यादा पुरुषोत्तम राम राजदरवारमा बसेर जनतासँग कुराकानी गरिरहेका थिए । रामले अचानक कुकुर रोइरहेको आवाज सुने । श्रीरामले आफ्नो दूतलाई बोलाएर भने–‘कुकुर किन रोइरहेछ, पत्ता लगाउ ।’ दूतले बाहिर गएर हेर्दा कुकुर आफ्नो खुट्टामा लागेको चोटका कारण रोइरहेको रहेछ । उसको खुट्टाबाट रगत बगिरहेको थियो । ऊ एक कदम पनि चल्ने अवस्थामा थिएन ।
एक सन्यासीले ढुंगाले हानेर कुकुरको खुट्टा भाँचिदिएको थियो । भगवान श्रीरामले तुरुन्त ती सन्यासीलाई बोलाएर सोधे–‘तपाईंले यो निरीह प्राणीलाई किन ढुंगाले हानेको ?’ सन्यासीले जवाफ दिए–‘यो कुकुरले मेरो भिक्षाको अन्न जुठो हालिदियो । रिसको झोंकमा मैले यसलाई ढुंगाले हाने, जुन यसको खुट्टामा गएर लाग्यो ।’
श्रीरामले भने–‘कुनै पनि खानेकुरा देख्दा त्यसतर्फ लोभिनु र झम्टिनु कुकुरको स्वभाव हो । तर सन्यासी त प्रत्येक जीवप्रति दयावान हुनुपर्छ । सन्यासी त क्रोधीसँग पनि रिसाउँनु हुँदैन । तपाईंले आफ्नो धर्मविपरीत आचरण गर्नुभयो ।†’ श्रीरामका यस्ता कुरा सुनेर सन्यासी आफ्नो गल्तीबाट अति लज्जित भए ।