अर्चना पनेरु अभिनय रहेको ‘जिस्म’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौं । स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु स्टारर पहिलो फिल्म ‘जिस्म’को टिजर आउट भएको छ । सार्वजनिक टिजरमा अर्चनालाई मुख्य प्राथमिकता दिईएको छ ।
टिजरमा यसअघि पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोनले ‘एक पहेली लिला’ फिल्ममा दुधले नुहाएको दृश्य दोहिर्याईएको छ । सार्वजनिक टिजरमा अर्चनाका हट दृश्यदेखि दुधले नुहाएका दृ्श्यसम्म समावेश छन् ।
राजु गिरी निर्देशित फिल्म अनेकन विवादका कारण पहिलेदेखि चर्चामा छ । सार्वजनिक प्रदर्शन भने असार ३१ मा हुँदैछ । फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढा लिड रोलमा छन् ।