नेपाल–खनाल पक्षधरको दुई दिने भेला आज सकिँदै
काठमाडौँ, १२ जेठ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेको पक्षको भेला आज सकिँदैछ ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधरले हिजो र आजका लागि भेला आयोजना गरेको हो । ओलीले आफूहरुलाई सल्लाह तथा विचार राख्ने थलो नदिएको भन्दै दुई नेताले देशभरबाट कार्यकर्ता बोलाएर राजधानीमा भेला गरेका हुन् ।
भेलामा आगामी महाधिवेशनको लागि आफूहरुको तयारीसम्मका विषयमा पनि छलफल गरेको एक नेताले जानकारी दिए । आज भेलामा दुई वटा कार्यपत्र प्रस्तुत गरिने तयारी भएको छ भने दिउँसो २ बजे नेता माधवकुमार नेपालले सम्बोधन गरेर भेला सकिने जनाइएको छ ।