हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सत्तामात्रै होइन राजनीति

tika ram pokhrel
डा. टीकाराम पोखरेल

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन र लोकतान्त्रिक विधिमार्फत सरकारको चयन र परिवर्तन हो । यसकारण लोकतन्त्रमा सरकार परिवर्तन सामान्यमात्र होइन अनिवार्य सर्त हो । आवधिक निर्वाचन र जननिर्वाचित सरकार लोकतन्त्रको गहनामात्र होइन, लोकतन्त्रको मुख्य आधार नै हो । जनता लामो समयसम्म एउटै पार्टीको शासन होइन, फरकफरक पार्टीको सरकार हेर्न चाहन्छन् तर त्यो सरकार परिवर्तन गर्ने दलहरूले होइन, जनताले हो । जनताले चाहेको बेलामा सत्ता परिवर्तन हुने हो, दलले चाहेको अवस्थामा होइन । सरकार परिवर्तन कुनै नेताको मुड चलेको बेलामा होइन, बरु निश्चित अवधिमा हुनुपर्छ ।

संविधानतः बहुमत जुटाएर महिना–महिनामा पनि सरकार परिवर्तन गर्ने अधिकार राजनीतिक दललाई होला तर यो विशुद्ध प्राविधिक अधिकार हो । जनमत भने त्यो होइन र हुनु हुँदैन पनि । छिटो छिटो सरकार परिवर्तन भएको जनता हेर्न चाहँदैनन् । त्यसैले विना कारण सत्ता परिवर्तनको चलखेल जनमतको अवमूल्यन हो । यो जनमतको दुरूपयोग पनि हो । राजनीतिमा संवैधानिक र प्राविधिक अधिकारभन्दा माथि नैतिक जिम्मेवारी हुन्छ । त्यही नैतिक जिम्मेवारीले नेता र पार्टीलाई जनप्रिय बनाउँछ । यसकारण नैतिक बल दल र नेताको सबैभन्दा ठूलो शक्ति हो । अराजनीतिक सत्ताको दौडमा नलाग्नु नेताको उच्चतम गुण हो । दलको लोकप्रियताको कसी पनि यही हो । सत्ताले विपक्षीको सम्मान गर्ने र विपक्षीले सत्तापक्षलाई सहयोग गर्नाले नै लोकतन्त्रलाई सुन्दर बनाउँछ ।

लोकतन्त्रको सर्वमान्य विधि यस्तो भए पनि हाम्रो देशमा नियति अर्कै छ । २०४६ को परिवर्तनपछि कुनै पनि सरकारले जनमतले दिएको समयावधि भुक्तान गर्न पाएनन् । २०६३ को परिवर्तन पछि त झन् कुनै पनि सरकारले समय भुक्तान गर्न पाएनन् । ०६३ को परिवर्तन लगत्तै बनेको गिरिजाप्रसाद कोइरालाको सरकार र चुनावका लागि बनेको खिलराज रेग्मीको सरकारलाई अपवाद मान्ने हो भने कुनै पनि सरकारले आफूले सम्पन्न गर्छु भनेको जिम्मेवारी पूरा गर्न पनि समय पाएनन् । चाहे आफ्नै कारणले होस् वा विपक्षीका कारणले सबै सरकार बलिका बोका भए । आफैँ बसेको सरकार आफैँले ढाल्नेजस्तो अराजनीतिक चरित्र राजनीतिक दलहरूमा पटकपटक देखियो ।

पछिल्लो पटक एमाले–माओवादी गठबन्धनमा पनि त्यही नियति दोहोरियो । दुई दिन अगाडिसम्म सत्ता परिवर्तन हुँदैन भन्ने माओवादी एकाएक आफ्नै नेतृत्वमा सत्ता परिर्तनको तयारीमा जुटेपछि सत्ता राजनीतिमा फेरि एउटा बहस चल्यो । आखिर रातारात सत्ता परिवर्तनको पटाक्षेप हुनु र हराउनुमा कारण के छ । नाटकीय शैलीमा सरकार परिर्तनको एजेण्डा आउनु र फेरि नाटकीय शैलीमा सरकार टिक्नुका पछाडि कारणहरू के के छन् ? के मिडियामा आएजस्तै सरकार परिवर्तनको एजेण्डा भारतकै हो त ? अनि वर्तमान सरकार टिक्नुको कारण नेपालका दलहरू नभएर चीन नै हो त ?

सरकार परिवर्तनको कसरत किन भयो ? पर्दा पछाडिका यथार्थ कसैले बुझ्न सकेको छैन । सञ्चार माध्यम नै पिच्छे आएका भिन्नाभिन्नै कुराले ‘मिडिया’ पनि रणभुल्लमा रहेको देखिन्छ । न त यस विषयमा भारतले बोलेको छ न त चीनले नै । हुन त कूटनीतिमा भित्र जे गरिन्छ बाहिर त्यो बोलिन्न भनिन्छ । भारत–चीनले यो कुरा बोल्दैनन् तर उनीहरूले नबोले पनि यदि भारतले सत्ता परिवर्तन चाहेर सरकार परिवर्तनको बहस चलेको र चीनले टिकाएर सरकार टिकेको भए दुवै गम्भीर कुरा हो । हावा नचली पात हल्लिन भन्छन् तर नेपालमा हावा नचली पनि पात हल्लिन्छ भन्ने परराष्ट्र मन्त्रीको भनाइलाई सत्य मान्ने हो भने आखिर यस्तो पात किन चलिरहन्छ त ? रहस्यमय यो कुराको वास्तविकताबारे किन कोही बोल्दैन ? के वास्तविकता लुकाउनु नै राजनीतिक सफलता हो र ?

यो विषयमा सबै दल तैँ चुप मै चुप भएपछि मिडियाले पनि अनुमानमा समाचार लेख्नुको विकल्प छैन । अनुमानको भरमा मिडियामा आएका कुरा विश्वास गर्नुको विकल्प सर्वसाधारणसँग पनि रहेन । सही सूचना नपाएपछि बजारमा विभिन्न अफवाह फैलिन्छन् नै । सर्वसाधारण त्यही अफवाहका पछि दौडन्छन् । वास्तविकता एक धु्रवतिर हुन्छ, अनुमान अर्को धु्रवतिर हुन्छ र जनताको बुझाइ तेस्रो धु्रवतिर हुन्छ । राजनीतिमा अन्योलको भुँमरी भनेको यही हो ।

नेपालमा कुनै पनि सरकारले ढुक्कले काम गर्न पाएनन्, काम गर्न दिइएन । हरेक सरकारका अगाडि सत्ता परिवर्तनको तरबार तेर्सिरह्यो । हरेक प्रधानमन्त्रीले कुन बेला त्यो सत्ता परिवर्तनको तरबार आफूमाथि बर्सिने हो भनेर त्रास बोकेर कुर्सीमा बस्नु प¥यो । यस्तो भएपछि हरेक सरकार काम चलाउजस्ता देखिए । सबै सरकार म्यादी सरकारमा परिणत भए । वर्तमान सकारलाई पनि विपक्षीले म्यादीको ट्याग भिराइदिइसकेको छ । यसको मतलब हो कुनै पनि बेला सत्ता परिवर्तनको तरबार बर्सिन सक्छ । यस्तो त्रासमा कुन सरकारले कसरी काम गर्न सक्छ ?

वर्तमान सरकारमाथि आएको सत्ता सङ्कट तत्काललाई त टरेको छ तर यो सङ्कट कति दिनलाई टर्ने हो थाहा छैन । विगतका गतिविधि हेर्दा पनि विपक्षीले सधैँ सत्ता ढाल्ने काम गरेकाले पनि फेरि यो नियति अन्ततः पुनरावृत्ति हुनेछ । बूढी मरेको भन्दा पनि काल पल्केको चिन्ता छ । सधैँको यो अस्थिर सत्ताको पासा खेलले देशले कहिले निकास पाउँछ ?

नयाँ संविधान जारी भएपछि राजनीतिक स्थीरता हुन्छ, राजनीतिक सङ्क्रमण टुङ्गिन्छ भन्ने धेरैमा आशा थियो । दलहरूले पनि पटकपटक त्यही आश्वासन बाँडेका थिए । एक किसिमले संविधान नै रामराज्यको ब्रह्मअस्त्र हो भन्ने ढङ्गले प्रमुख दलहरूबाट प्रचारबाजी पनि भएको थियो तर त्यो सबै गफाडीको गफमा परिणत भयो । जति गफ गर्न सक्यो उति आफूलाई चतुर राजनीतिज्ञ ठान्ने आत्मरतिले नेपाली राजनीतिलाई गाँज्यो । झुट बोल्नु राजनीतिमा सबैभन्दा ठूलो अपराध हो तर हाम्रो राजनीतिमा झुट संस्कारको रूपमा स्थापित भयो । गलत कुरालाई सही सावित गर्न सक्नुलाई राजनीतिक कला ठान्ने भ्रम पालियो ।

हरेक दल र नेताले आफू सत्ता बाहिर हुँदा यो पनि हुनुपर्छ, त्यो पनि हुनुपर्छ र ऊ पनि हुनुपर्छ भने । ती काम सरकारले गरेन हाम्रो सरकार भए गथ्र्यौं पनि भने तर आफू विपक्षीमा हुँदा सरकारले गरेन भनेको त्यही कुरा फेरि आफू सत्तामा पुगेपछि सरकारसँग जादूको छडी छैन भन्दै पञ्छिए । आलोचना सत्ताको भ¥याङका लागि मात्र प्रयोग भयो । सत्ताबाहिर हुँदा एउटा र सत्तामा पुग्दा अर्को काम र कुरा गर्ने द्वैध चरित्रले गर्दा कुनै पनि सरकारसँग जनताको पूर्ण भरोसा रहेन । जनता र दलबीच विश्वासको खाडल प¥यो । यो खाडलको मूल कारण सत्ताकेन्द्रित राजनीति बन्यो ।

लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिमा जवाफदेहिता र प्रशासनमा सुशासनका कुरा महìवपूर्ण हुने गर्छ तर राजनीतिक जवाफदेहिता र सुशासनको कुरामा लामो समयदेखि राजनीतिक एवं प्रशासनिक नेतृत्व चुकेको छ । सरकार र नागरिकबीचको खाडल झन्झन् ठूलो बन्दैछ । दलहरूप्रति जनताको भरोसा घट्दै गएको छ । सरकार परिवर्तनमा जनताको पटक्कै रुचि छैन तर पनि पटकपटक सरकार परिवर्तनको खेल किन ?

सत्ताविना विपक्षीमा बसेर पनि राजनीति हुन्छ कि हुँदैन ? यो प्रश्न अब गम्भीर बनेको छ तर समसामयिक राजनीतिमा सत्ता परिवर्तनको खेल पर्दा पछाडि होस् वा पर्दा अगाडि चलिरहेको छ । यो विडम्बना देशले कहिलेसम्म भोग्ने ? कुनै अमूक नेता र पार्टीको स्वार्थको शिकार देश किन बन्ने ? अनि नेपालले विकासको फड्को कहिले मार्ने ? कुन दलसँग यसको उत्तर छ ?






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution