हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

राई लिम्बू हेर्नै मन लाग्दैन भनेपछि गायिका समृद्धिको आलोचना

sambridha
काठमाडौं, जेठ ११ । मोड्लिङ र गायन क्षेत्रमा लाग्दै आएकी समृद्धि राईले एक विद्युतीय सञ्चार माध्यमको कार्यक्रममा ‘राई—लिम्बू हेर्नै मन लाग्दैन’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमार्फत सर्वत्र विरोध सुरु भएको छ ।

राईले बीबीसी नेपाली सेवाअन्तर्गतको ‘समाज र राजनीतिबाट नेपाली युवाहरु के चाहन्छन् ? साप्ताहिक साझा सावालमा ३० बर्षभन्दा कम उमेरका युवा युवतीहरुबीच भएको कार्यक्रममा गायिका समृद्धि राईले विवाहको प्रसंगमा ‘राई—लिम्बू हेर्नै मन लागेन’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।

उक्त कार्यक्रमको भिडियो र अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा राईको ब्यापक आलोचना सुरु भएको छ । भिडियो सार्वजनिक भएपछि मुलघरे कान्छा लेख्छन् ‘राई लिम्बू समुदायविरुद्ध अपहेलित शब्दको अभिव्यक्ति दिएको कारण तिनले सोही टेलिभिजनबाट माफी माग्नु पर्दछ, नभएपनि भिडियो बनाएर माफी माग्नु पर्दछ ।’

आफ्नो फेसबुक सञ्जालमा छिलिङ किरात लेख्छन् ‘मान्छेलाई चेतना र ज्ञानको कमी भएपछि आफू र आफ्नैलाई नराम्रो देख्छ, धिकार्छ, विचरी समृद्धि राईलाई भएको त्यही हो ।’

देवतार योञ्जन तामाङले समृद्धि राईको अभिव्यक्ति घृणित भनेका छन् । कसैले आफ्नो वंश, आमाबाबुलाई घृणा गर्नेले देशको माया गर्न सक्दैन भनी कडा शब्दको प्रयोग गरेर उनको आलोचना सुरु भएको छ ।

सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना आएपछि राईले भने आफ्नो फेसबुक पेजमा माफी मागेकी छन् । म एउटा किरातीको छोरी भएर किरातीलाई कसरी घृणा गर्न सक्छु ? प्रश्न गर्दै नेपाली फरर बोल्न नआएको कारण राई लिम्बूलाई चित्त दुख्ने शब्द प्रयोग भएको प्रति क्षमा मागेकी छन् ।

समृद्धि राई मिस टिन २००६ को सेकेण्ड रणर अफ, सञ्चारकर्मी र गायिका हुन् । भाषा, धर्म, संस्कार, संस्कृतिको विकास, पहिचानसहितको संघीय राज्यको कुरा उठिरहेको बेला कलाकार समृद्धि राईको शब्द पहिचानविरोधी मानसिकताबाट आएको हुनसक्ने अनुमान गर्न सकिन्छ । राईले ‘तिमी को हौ था छैन, म चै नेपाली…, बोलको गीत सुन्न र हेर्न पाइन्छ । गीतमा पहिचानको कुरा छाडेर सवै नेपाली हौं भन्ने भाव झल्किन्छ । @ esamata






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution