प्रधानमन्त्रीले बोलाएको बैठकमा मोर्चा अनुपस्थित
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय बैठकमा मधेशी मोर्चा अनुपस्थित भएको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दलहरु र आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले संयुक्त छलफलका लागि आह्वान गरे पनि मोर्चा अनुपस्थित भएपछि अन्य दलहरुबीच छलफल चलिरहेको छ ।
मधेशी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको पत्र सकारात्मक भए पनि त्यसबारे मोर्चामा छलफल हुननसक्दा आफूहरु उपस्थित नभएको बताए ।
यता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको आफूलाई थाहा नभएको बताएका छन् ।मधेशी मोर्चाले अन्य दलहरुसँग मिलेर संघीय गठबन्धन बनाई राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला सरकारले गठबन्धनलाई नबोलाई मोर्चालाई मात्र बोलाएकाले वार्तामा नगएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले प्रतिक्रिया दिएको समाचार हिमाल खबरमा छ |