तामाङ ह्यूल (तामाङ गाँउ) गीतको म्युजिक भिडियो सार्वजनिक
तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया गीतका म्युजिक भिडियोहरु संख्यात्मक र गुणात्मक रुपमा निर्माण हुने क्रम ब्यापक हुदै गएको छ । यसै क्रममा मोहन तामाङको ‘तामाङ ह्यूल’ (तामाङ गाँउ) बजारमा आएको छ । म्हेन्दोमायाका चर्चित संगीतकार शाईलाप वाईबाको संगीत तथा एम.आर. सि. सुशान्त र अजय तामाङको शब्द रचना रहेका गीतहरु १.गोस्र्याङ भमरा…, २.स्याउ स्याउ छामे…, ३.मलाय गोजा… हुन् ।
ल्हाप्साङकार्पो म्यूजिक सेन्टर प्रा. लि. काठमाडौंको ब्यानरमा निर्मित ‘तामाङ ह्यूल’ न्हुपला म्हेन्दो समूहको पहिलो कोसेली हो । मोहन तामाङको निर्माण तथा अभिनय रहेको ‘तामाङ ह्यूल’ टिकामाया चोथेन ,रितु तामाङ, एम.आर. सि. सुशान्त , अजय तामाङ, राज थोकर र सृष्टि मम्बा को सुमधुर आवाज रहेका छन् । काठमाडौंका बतासे डाँडा, गोकर्ण, जर्सिङपौवा जस्ता सुन्दर ठाँउहरुमा उक्त गीतहरुको छायांकन गरिएको छ । मोहन तामाङ, रितु तामाङ , मल्लिका थोकर, माया तामाङ आदि कलाकारहरुले सो भिडियोमा अभिनय गरेका छन् । निर्देशक रोशन फ्युबा तामाङको निर्देशन र सिंग तामाङको नृत्य निर्देशनमा बनेको भिडियोलाई प्रकाश वाईबाले छायांकन गरेको छ भने ल्हाप्साङकार्पो म्यूजिक सेन्टर प्रा. लि. ले बजार प्रबद्र्धन गरेको छ ।