पहिचान र समृद्ध देश
नेपालको सामाजिक बनोटको यथार्थ धरातललाई अनुसरण गर्दा केन्द्रमा साझा र राज्य स्तरमा स्वसाशीत अधिकार सम्पन्न पुर्ण समाबेसी समानुपातिक राज्य नै नेपालको लागि दीर्घकालीन सान्ती समृद्ध र बिकासको उपयुक्त प्रजातान्त्रिक पद्धति हुन सक्छ ।
पुर्ण समाबेसी समानुपातिक भनाले सबै समुदायहरुको जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्व हुने ब्यबस्था हो । जहाँ कुनै अल्पसंख्यक समुदायको पनि सतामा पहुच पुग्छ ।
2007 सालमा प्रजातान्त्र आई सके पछि पनि नेपालमा अधिकारको लागि नेपालीहरु धेरै आन्दोलित भए असान्ती भए र आन्दोलनको यो क्रम अहिले सतरी बर्ष पछि सम्म पनि जारी नै छ । देश समृद्ध हुनु नसक्नुको प्रमुख कारण सधै आन्दोलनमय अस्थिर राजनीती हो ।
आन्दोलनको अन्त्य कसरी गर्न सकिन्छ वा आन्दोलन किन भैरहेको छ त्यस्को पहिचान गरि देशले समाधान तिर जानै पर्छ ।आन्दोलन असान्ति युद्ध अस्थिर राजनीति र देशको बिकास सग सगै जानै सक्दैन ।यो कुरा हामी सबै नेपालीहरुले हेक्का राखनै पर्छ । आन्दोलनको अन्त्य नै समृद्धको पहिलो खुड्किला हो ।
यस्तो अस्थिर राजनीति कहिले सम्म थेग्ने भने सवाल पनि महत्त्वपूर्ण भएर आएको छ । राज्य जब सम्म समाबेसी समानुपातिक प्रजातान्त्रिक स्वसासित राज्य पद्धतिमा रुपान्तरण हुन्दैन तब सम्म देश आन्दोलनमय हुने निस्चित छ । देश समृद्धको लागि पनि छिटो भन्दा छिटो अधिकार सम्पन्न समाबेसी स्वायत्त राज्य मै जानै पर्ने हुन्छ ।यस्को अर्को बिकल्प छदैछैन । स्विजरल्याण्ड यस्को उदाहरण हुन ।
स्विजरल्याण्ड र नेपालको राजनैतिक भौगोलिक भाषिक धार्मिक जातिय समानता र आन्दोलन अस्थिर राजनीति हु बहु समान छन । त्यहा अलि चाडो उत्पीडित जनताहरु जागारुक भइ आन्दोलित भए आन्दोलन सगै त्यहाको एकात्मक जर्मनी डच नस्लिय सताधारीले चाडै कुरो बुझेर आन्दोलनरत समुदायहरु सग निर्णायक बार्ता गरि केन्द्रमा साझा र राज्य स्तरमा पहिचान सहितको अधिकार सम्पन्न सामाबेसी समानुपातिक सासन पद्धति लागू गरे तटपस्चात आज स्विजरल्याण्ड ससारकै नमुना देश बन्न सफल भए ।
छिमेकी देश भारत कै कुरो गरौ ,धार्मिक स्वतन्त्रता माथी अन्कुस लगाउनाले भारत बाट पाकिस्थान अलग भए भने भाषिक अधिकार माथी अन्कुस लगाउना पाकिस्थान बाट बाङ्लादेश अलग भए ।
देशको यथार्थतालाई भारतले बुझि आन्दोलित समुदायहरुसग भाषिक भौगोलिक जातिय स्वायत्त शासन सहितको पहिचानमा आधारित राज्यहरु बनाउने सहमती गरे आज सोही अनुसार केरला पश्चिम बगाल तामिनादु मद्रास महाराष्ट्र भाषिक राज्यहरु हुन भने पन्जाब गुजरात नागाल्याण्ड आदि जातिय राज्यहरु हुन त्यस्तै उतर प्रदेश हिमान्चल बिहार भौगोलिक प्रदेशहरु हुन । आज भारत विशाल भारत बन्न सफल भएको हाम्रो सामु छर्लङ्ग छ ।
हाम्रो देशको धरातलीय सामाजिक यथार्थ नै बहुभाषिक बहुधार्मिक बहु सासकृतिक आधारमा बनेको छ । यसलाई कसैले नकार्न मिल्दैन सक्दैन । धेरै भाषाहरु ससकृतीहरु भेषभुषाहरु धर्महरु छन । धरातलीय यथार्थलाई स्विकार्ने हिम्मत सबैले गर्ने पर्छ ।अनेक तर्क गरि देशको यथार्थता स्विकार गर्न नसक्नु कम्जोर मानसिकता हो नस्लिए एकात्मक सोच हो । बरु यस्लाई कसरी ब्यबस्थित गर्ने कसरी मिलेर बस्ने कसरी सबै भाषिक धार्मिक सास्कृतिक समुदाय बिच समन्वय स्थापित गरि भाईचारा बढाउने भने बिस्तृत अध्यन छलफल गर्नु उपयुक्त हुन्छ ।
हामी सबै मिल्नु पर्छ एक हुनु पर्छ भने सम्म सहि छ तर मिल्ने नाममा एउटै समुदायको भाषा देशको राष्ट्रिय भनि सबैले बोल्नै पर्ने गरि कानुन बनाएर मिल्ने होइन बरु सबैको भाषालाई स्थानीय ठाउमा राष्ट्रिय भाषाको बरावरी अधिकार दिएर सरकारी काम काजको भाषाको मान्यता दिएर मिल्ने हुन । सबैले हाम्रो धर्म सस्कृती भाषा भेषभुषा अगाल्नुस र हामी मिलौ भने कुनै न्याय सगत नारा होईन सायद यति कुरा बुझ्न धेरै पढेलेखेका विद्वान पनि हुनु पर्छ जस्तो लाग्दैन ।
द्वन्द होला भनि सबैको भाषा धर्म सस्कृती भेषभुषालाई नामेट गरि एउटै समुदायको भाषा धर्म सस्कृती राष्ट्रिय कायम गरि अरु समुदाय माथी थोपार्नु नै द्वन्दको बीउ रोप्नु हो । अरुको पहिचानलाई स्वीकार नगर्दा द्वन्द हुने हुन ।कसैको पहिचानलाई हड्पेर मिल्ने होइन सबैको पहिचान स्थापित गरि मिल्ने हुन ।सबैको आ आफ्नो थातथलो भएको सिमित ठाउमा सबैको भाषा सरकारी काम काजको भाषालाई राष्ट्रिय भाषाको मान्यता दिई हामी सबै मिल्ने हुन । यस्मा धेरै साथिहरुले उल्टो गरी कुरा बुझेको पाईन्छ ।
पहिचान सहितको राज्यले ध्वन्द हुने होइन बरु पहिचान नदिन्दा द्वन्द हुने हुन ।द्वन्द तब हुन्छ जब सबै जातीय समुदायहरुको भाषा धर्म सस्कृति भेषभूषालाई राज्यले सामान अधिकार नदीई एउटै समुदायको भाषा धर्म सस्कृती भेष भुषालाई देशको राष्ट्रीय भाषा यो राष्ट्रीय धर्म यो राष्ट्रीय भेषभूषा यो भनि राज्यले एउटै समुदायको परम्परा सबैलाई मान्न्न वाध्ये पार्छ !
– नरेश कुमार
अभिवक्ता
काठमाडौं नेपाल