हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

राष्ट्रपतिको भ्रमण स्थगन र राजदूत फिर्ताको असर ईपीजीमा

ind
जेष्ठ १०, २०७३- नेपाल र भारतका कार्यकारी प्रमुख स्तरमा औपचारिक सहमति भएको डेढ वर्षपछि बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त बैठक अझै बस्न सकेको छैन । यसबाट यसको औचित्य र कार्यमाथि आशंका उत्पन्न भएको छ । नेपाल र भारतबीच रहेका सन्धि सम्झौतादेखि सबै खाले सम्बन्धको पुनरावलोकन र समीक्षाका लागि सुझाव दिन दुवै देशका तर्फबाट ईपीजी गठन गरिएका थिए । तर गठनको चार महिनामा पनि औपचारिक संयुक्त बैठक बस्न सकेको छैन । समूह बनेको तीन महिनामा दुई पक्षीय बैठक बस्ने भनिएको थियो । दुई वर्षभित्र सबै अध्ययन गरेर सुझाव दिइसक्नुपर्ने ईपीजीको संयुक्त कार्यादेशमा उल्लेख छ ।

ईपीजीलाई नेपाली पक्षले जोड गरेको भए पनि पछिल्लो समय उत्पन्न दुईपक्षीय सम्बन्धका कारण भारतले बेवास्ता गरिदिँदा ओझेलमा परेको अधिकारीहरूले बताए । दुई देशबीचको सम्बन्धमा चिसोपना बढदै जाँदा ईपीजी पनि त्यसको मारमा परेको उनीहरूको भनाइ छ । कतिपय आन्तरिक कारण र सरकारी निकायबाट निस्कने अभिव्यक्तिले पनि सम्बन्धमा चिसोपना ल्याइदिएको छ भने कतिपय कूटनीतिक हर्कतले एकअर्कामा टाढा बनाएको र यसलाई सपार्न निकै मेहनत गर्न परेको परराष्ट्र अधिकारीहरू बताउँछन् । ‘सम्बन्ध सपार्दै गयो, अनि के–के भनेर बिगार्दै जान्छन्, अनि फेरि सुरु गर्नुपर्ने हुन्छ,’ एक अधिकारीले भने, ‘उताबाट पनि कहिलेकाहीं यस्तै प्रकारको काम हुने हुनाले पनि समस्या दोहोरो नै छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण अन्तिम समयमा रोकिनु, राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइनु जस्ता कार्यमा नेपालले देखाएको आलोकाँचो कूटनीतिको प्रभाव ईपीजीमा परेको सदस्यले नै स्विकारेका छन् । ‘हाम्रोतर्फबाट कामहरू भइरहेका छन । तर, भारतीय पक्षले नै चासो देखाएको छैन,’ ईपीजीका एक सदस्यले भने, ‘हामीले मे महिनामा संयुक्त बैठकका लागि प्रस्ताव राखेका थियो । तर भारतले केही ढिला हुने जानकारी गराएको छ ।’

परराष्ट्रमन्त्री स्तरबाट नै बैठकका लागि प्रस्ताव गएपछि भारतीय पक्ष सुरुमा सकारात्मक थियो । तर पछिल्ला दिनमा विकसित घटनाक्रमले सबै कार्य ओझेलमा परेको ती सदस्यको धारणा छ । भारतले अहिले सम्पर्क गर्ने व्यक्तिमा इन्स्टिच्युट अफ डिफेन्स स्टडिजका (आईडीएसए) का कार्यक्रम अधिकारी राजोर्सी रोयलाई तोकेको छ । नेपालले भने यसअघि नै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका निर्देशक रहेका यादव खनाललाई रिर्सोस पर्सनका रूपमा तोकिसकेको छ ।

परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्रीको सम्भावित भारत भ्रमणपछि मात्र ईपीजीको दुईपक्षीय बैठक हुने सम्भावना छ । यद्यपि नेपाली पक्षले बैठकका लागि पहल जारी राखेका छन् । अन्यथा यो अहिले आन्तरिक रूपमा अध्ययन गर्ने एक समूहमात्र जस्तो भएको छ । नेपाली पक्षले आन्तरिक अध्ययन पूरा गरिसकेको छ ।
नेपाली पक्षले नारायणहिटीमा आफ्नो कार्यालय राखेर काम थालिसकेको छ । ईपीजीका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, ‘हामी काम गरिरहेका छांै । अब संयुक्त बैठक बसेर काम अघि बढाउने हो । हाम्रो तहमा पनि केही कामहरू अझै गर्न बाँकी छ । भारतले फोकल पर्सन तोकिसकेको छ । अब सम्पर्कमा रहेर काम अघि बढ्नेछ ।’

परराष्ट्रमन्त्री कमल थापाले पनि राजनीतिक सम्बन्धले यस्ता दुईपक्षीय संयन्त्रमा प्रभावमा पर्नु स्वाभाविक रहेको उल्लेख गर्दै केही समय धैर्य गर्न आग्रह गरेको अधिकारीहरूले बताए । ईपीजीका अर्का सदस्य राजन भट्टराईले पनि काम अघि बढेको बताएका छन् । ‘सबै कार्यहरू एकतर्फी रूपमा हुँदैन । विस्तारै हुँदै जाने हो । त्यसमा काम भइरहेको छ,’ उनले भने । भारतका तर्फबाट भारतीय जनता दलका उपाध्यक्षसमेत भइसकेका भगत सिंह कोस्यारीको संयोजकत्वमा बनेको चार सदस्यीय टोलीले काम गरिरहेको समाचार इकान्तिपुरमा छ  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution