हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पूर्वमन्त्रीदेखि कांग्रेसका प्रभावशाली नेतासम्म नयाँ शक्तिमा

new

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले दुई ठूला छिमेकीको बीचमा च्यापिएर होइन, फुकेर बाँच्नुपर्ने बताएका छन् । कांग्रेस नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढालगायतलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले भने, ‘नेपाल अब दुई देशबीचको गतिशील पुल बनेर समृद्धि हासिल गर्दै फुकेर बाँच्छ ।’ उनले जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको सानो राष्ट्र स्वीट्जरल्याण्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने बताए ।

‘जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको स्वीट्जरल्याण्ड अहिले विश्वकै धनी मुलुकमध्येमा पर्दछ,’ उनले भने, ‘हामी पनि दुई छिमेकीको बीचमा च्यापिएर बस्नेभन्दा विकास र समृद्धि हासिल गर्दै फुकेर बाँच्नुपर्छ ।’ उनले चीन र भारतलाई सडकलगायतका भौतिक पूर्वाधारले जोडेर नेपाल गतिशील पुल बन्दै लाभ उठाउन सक्ने उदाहरण दिए ।

कार्यक्रममा सम्बोधन गर्दै संयोजक भट्टराईले नेपालका पुराना पार्टीहरु ब्रान्डजस्तै भएको बताए ।

सोलुखुम्बुका विभिन्न पार्टीका नेताहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले विश्वका मानिसलाई सगरमाथाको चुच्चोमा पुर्याउने नेपाली आफैं भने आर्थिक समृद्धिका दृष्टिले फेदमा पर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा रहेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रममार्फत सोलुखुम्बुका नेपाली कांग्रेसका नेता सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका विभिन्न दलका नेताहरु नयाँ शक्तिमा समाहित भएका छन् ।

शेर्पा २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका राजनीतिक सल्लाहकार थिए । २०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता बलबहादुर केसीबाट १४३ मतले पराजित भएको उनी सोलुखुम्बुका चर्चित नेता हुन् ।

यसैगरी सोही कार्यक्रमबाटै पूर्वमन्त्री नरबहादुर बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएको नयाँ शक्तिको संगठन विभाग प्रमुख देवेन्द्र पौडेले जानकारी दिएको समाचार रातोपाटीमा  छ  ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution