नयाँ शक्ति दक्षिण कोरियाले घाइते तामाङलाई ४ लाख वन सहयोग
डोलु आले मगर | नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तराष्टिय नेपाली समाज दक्षिण कोरियाको परोपकारी “साथीका लागी साथी” कोषबाट कोरियामा मोटर साइकल दुर्घटनामा परि गम्भीर अबस्थामा ICU मा उपचाररत काभ्रे च्यासिङ्खर्कका श्याम लामा तामाङलाई ४ लाख वन हस्तान्तरण गरेको छन्, ।
मे ४ तारिख मोटरसाइकल दुर्घटनामा परेका श्याम लामा तामाङ कोरियाको ईवल एथा कम्पनीमा कार्यरत थिए,छिन्छनस्थित मोटरसाइकल दुर्घटना भै टाउकोमा गम्भीर चोट लागि हाल छङ्जु स्थित 효성 हस्पिटलको सघन उपचार कक्ष ( ICU) मा उपचाररत छन्, । उपचार खर्च धेरै महँगो हुने भएको हुँदा विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग अभियान चलाइरहेको छन् ।
तामाङ संङ्घ दक्षिण कोरियाको कार्य समितिकी सदस्य सरिता लोप्चन तामाङ र छिन्छन् नेपाली समाजको कोषाध्यक्ष तेज गुरुङको रोहबरमा अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका केन्द्रिय सचिवालय सचिव पिटर कुमार श्रेष्ठले बिरामी भएको हस्पिटलामा पुगेरै हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।