चिडीयाखानामा सिंहको गुफाभित्र एक युवक जर्बजस्ती प्रवेश , एक जोडी सिंह मारियो
चीली स्थित एउटा चिडीयाखानामा सिंहको गुफाभित्र जर्बजस्ती प्रवेश गरेको एक युवक सिंहको आक्रमणमा परि सख्त घाईते भएका छन् ।
आफुले लगाईरहेको लुगा फुकालेर सिंहको गुफामा जर्बजस्ती प्रवेश गरेका २० वर्षीय लुइस फेरारडा रोमनलाई चिडीयाखानाका दुई वटा सिंहले आक्रमण गरेको हो ।
युवक सिंहको गुफामा प्रवेश गर्नासाथ सिंहहरुले उसलाई आक्रमण गरेको थियो । सिंह आक्रमणमा घाइते भएका युवकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने युवकलाई सिंहको पँजाबाट छुट्याउन चिडीयाखानामा खटिएका सुरक्षाकर्मीले सिंहलाई गोली हानी मार्नुपरेको थियो ।