विद्यालयको वार्षिकोत्सब कार्यक्रममा सांसद बहादुर सिंह लामा तामाङ ‘म्हेन्दोमाया’ गाउदै नाचे
सन्तोष गिरी , नुवाकोट | तामाङ जनजातिको बाहुल्यता रहेको नुवाकोटको देउराली गाविस स्थित श्री देउराली माध्यमिक विद्यालयको ३९ वार्षिकोत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा थुप्रै तामाङ कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।
चर्चित गायक युवि मोङ्ग्रेसाले म्हेन्दोमाया भाकामा गित गाउँदा सांसद लामा स्टेजमै खुट्टा चलाउदै म्हेन्दोमाया तथा दोरा नाच नाचेका थिए ।
बुद्ध जयन्तीको अवसर पारी गरिएको कार्यक्रममा चर्चिक कलाकारहरु मुन्ना घले , रामकृष्ण तामाङ लगायतले आफ्नो प्रस्तुती दिएर माहोल तताएका थिए ।