ओखर फलका फाईदा र गुणहरू
ओखर एउटा यस्तो फल हो जसबाट हामीले धेरै भन्दा धेरै उर्जा शक्ति प्राप्त गर्न सक्छौं । यस फलमा शरीरलाई चाहिने विभिन्न पोषण तत्वहरू (मिनिरल्स, एटीअक्सीडेट्स , भिटामिन ) पाईन्छ । यसका साथसाथै यसलाई तेलको रुपमा पनि विभिन्न प्रयोगमा ल्याउन सकिन्छ, यसको तेललाई खाना बनाउने लगाएत औषधी र बासना आउने पर्दाथको बनाउन समेत यसको प्रयोग गर्न सकिन्छ ।
ओखरको तेलबाट एकदमै बासनासमेत आउँछ, यसको तेल प्रयोग गर्नाले छालमा भएको सुख्खापनलाई समेत हटाईदिन्छ त्यसैले यो बच्चा, बुढा सबैको लागि एकदमै उपयोगी हुन्छ । यस फलका फाईदा र गुणहरू यस प्रकार रहेका छन् -:
१. तत्वले भरिपूर्ण : ओखरमा हामीले शरीरलाई चाहिने विभिन्न प्रकारका भिटामिन, प्रोटिन, फाईबर, मोनो सैचुरेट साथै ओमेगा थ्री जस्तो पदार्थ समेत प्राप्त गर्न सक्छौ , जुन शरीरका लागि नभई नहुने तत्व हुन् ।
२. मुटु सम्बन्धी रोगको लागि : यो खानाले हामीले ९० प्रकारको ओमेगा थ्री तत्व प्राप्त गर्न सक्छौ, यस तत्वले शरुीरमा, उच्च रक्तचाप, लगायत मुटुको रोगबाट हुन सक्ने समस्याालाई समेत कम गरीदिन्छ ।
३. दिमागको लागि : यसको आकार प्रकार हाम्रो दिमागसँग मिल्छ त्यसैले पनि यो दिमागको बिरामी लगायत अन्य स्वास्थ्यको लागि भरपूर्ण उपयोगी हुन्छ किनकी यसमा ( मेलाटोनिक, भिटामिन ई,केरोटिनाईड ) जस्ता तत्वहरू पाईन्छ , साथै यो खानाले अल्जाईमर(मस्तिस्क सम्बन्धी रोग) भएको बिरामीलाई समेत फाईदा हुन्छ ।
४.भिटामिनले भरिपूर्ण : यसबाट धेरै प्रकारका भिटामिनहरू प्राप्त गर्न सकिन्छ, (भिटामिन बी कम्प्लेक्स अन्र्तगतको शीबोफलेविन, नियासिन, थाईमिन, पेटोथेनिक एसिड, साथै भिटामिन ६ र फोलेट्स समेत प्राप्त गर्न सकिन्छ । यसमा मासुमा भन्दा बढी प्रोटिन प्राप्त गर्न सकिने भएकोले यो साकाहारुीहरू लाई समेत फाईदाको कुरा हुन्छ ।
५.खनिजले भरिपूर्ण : यो खानाले तपाईहरूले शरीरलाई चाहिने विभिन्न प्रकारका मिनरल्सहरू (म्याग्नेसियम, कपर, पोटासियम, आइरन, जिंक तथा सेलेनियम प्रतिदिन एकमुठी ओखरको सेवनले तपाईको शरीरमा मिनरल्स, भिटामिन तथा प्रोटीन प्रदान गर्दछ ।
६.तौल घटाउन : यसमा रहने ओमेगा–३ अम्लले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गर्दै मोटोपना घटाउन मद्दत गर्दछ ।
७.पुरुषत्व बढाउन : यसमा रहने एन्टी अक्सिडेन्ट, जिंक, पोटासियम तथा म्याग्नेसियम जस्ता खनिजपदार्थले पुरुषको वीर्य निर्माणमा राम्रो भूमिका खेल्छ ।
८.क्यान्सरबाट बचाउँछ : ओखरको सेवनले स्तन क्यान्सर, क्लोन क्यान्सर तथा प्रोस्टेट क्यान्सर जस्ता रोगहरूबाट बचाव गर्ने काम गर्दछ ।
९.निद्रा राम्रो बनाउँछ : ओखरको सेवन निद्राका लागि लाभकारी मानिन्छ । ओखरमा हुने मिलाटोनिन नामक तत्वले शरीरलाई आराम दिई राम्रो निद्राको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
१०.मधुमेह : यसको सेवनले रक्त नलीहरू फैलनछन् र मेटाबोलिक लक्षणहरू कम गर्दछ जसले मधुमेह नियन्त्रणमा रहन्छ ।
११.पाचन स्वास्थ्य राम्रो : यसमा हुने एन्टीअक्सिडेन्टले जलन कम गर्दछ । साथै पाचनसम्बन्धी रोग भगाउन पनि यो उत्तिकै महत्वपूर्ण मानिन्छ ।
१२. दाँतका लागि फाइदाजनक : यसले दाँत मजबुत बनाउन मद्दत गर्दछ ।