हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सिटौलाको कारण देउवा सत्ताको खेलमा पराजित

ctaula

काठमाडौं । सभापति बन्नासाथ हतारमा सातजना हरूवाहरू रामचन्द्र पौडेल, अर्जुननरसिहं केसी, चित्रालेखा यादव, कृष्ण सिटौला, गगन थापा, उमाकान्त चौधरी र नरहरि आचार्यहरूलाई केन्द्रीय समितिमा मनोनित गरेपछि नराम्रो झड्का भेटेर पार्टीभित्र चर्को विरोधको सामना गरेका शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चक्करमा लागेपछि अर्को नराम्रो झड्का ब्यहोर्न पुगे ।

झड्कामाथि झड्का खाँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले ग्लोवल टेण्डर भएर अदालतमा मुद्दा विचाराधीन रहेको फास्ट ट्रैकको बारेमा बोल्दा अर्को नराम्रो झड्का सहन बाध्य भएका छन् । माथि उल्लेखित घटनाहरूमा विना सुझबुझ हतारमा निर्णयमा पुग्दा र बोल्दा विपक्ष र आफ्नै पार्टीभित्रकाहरूको कारण विवादमा परेका छन् । एमाओवादीका प्रचण्डलाई प्रधानमन्त्री बनाएर सत्तारुढ हुने परिपञ्चमा पनि उनी असफल भएर झड्का भेट्न पुगे । देउवालाई कांग्रेसकै केही नेताहरूको अपरिपक्वता, केहीको राजनीतिक कच्चा खेल र केहीको बेइमानीका कारण अपमानजनक अवस्था ब्यहोर्नुपरेको बताइएको छ ।

निधि र लेखकको बच्कना खेल

प्रचण्डलाई अगाडि सारेर सत्तारुढ हुने देउवाको योजनाका फिल्ड कमाण्डर थिए विमलेन्द्र निधि र रमेश लेखक । यी दुवैजना सत्ता खेलका माहिर हस्ती होइनन् । उनीहरूले एमाओवादीको नाडी–नसा राम्ररी छामेका छैनन् । प्रचण्डलाई नबुझेका यी कच्चा खेलाडीद्वयले प्रचण्डलाई मनाएपछि सबथोक हुन्छ, प्रचण्ड बाहेक एमाओवादीमा कोही पनि हैसियत भएकाहरू होइनन् भन्ने व्यवहार उनीहरूले देखाए । प्रचण्ड बाहेकका एमाओवादी नेताहरूलाई विश्वासमा लिन नसक्दा निधि र लेखकको खेल असफल भयो । अन्तत त्यसबाट देउवाले नराम्रो झड्का भेटेर पछारिए ।

जानकारहरू भन्छन्–‘सत्ताको खेल कति निर्मम हुन्छ भने श्रीमानलाई हात लिनु छ भने श्रीमतीको पनि चाकडी गर्नुपर्छ ।’ यो कुरा निधि र लेखकले बुझेनन् । प्रचण्डको लोभ र लाभमा मात्र उनीहरू खेले । प्रचण्डलाई हात र साथ लिंदा एमाले पनि हातमा दही जमाएर बस्दैन, भिटो प्रयोग गर्न ठोस कदम चाल्छ भन्ने उनीहरूले हिसाब नै गरेनन् । जसरी सत्ता लिन देउवा र सेरोफेरोका नेताहरू जुनसुकै कदम चाल्न तयार थिए, त्यसैगरी सत्ता जोगाउन ओलीले पनि जुनसुकै कदम चाल्छन् भन्ने उनीहरूले बुझ्न सकेनन् । परिणाम हात लागि शून्य भयो ।

निधि र लेखकको खेल कति कच्चा सावित भयो भने उनीहरूले सत्तारुढ अन्य घटक राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसंग सामान्य संवाद समेत गरेनन् । सत्ता गठवन्धनमा रहेका अन्य दलहरूलाई पनि हात लिएको भए त्यति सजिलै एमालेले प्रचण्डलाई फर्काउन सक्ने थिएन । उता, प्रतिपक्षमा रहेका अन्य घटकहरू र मधेसी मोर्चालाई पनि उनीहरूले सत्ता परिवर्तनको खेलको बोधार्थ मात्र दिए । यसले गर्दा ओली घेरावन्दीमा परेनन् । ओलीलाई सबैतिरबाट घेरावन्दी गरेर अन्तिममा प्रचण्डलाई फकाएको भए परिणाम फरक पनि आउन सक्थ्यो । तर, लामो समयको कच्चा खेल प्रधानमन्त्री ओलीले एकै रातमा उल्टाइदिए ।

सिटौलाको ट्रिपल रोल

सत्ता खेलमा कृष्ण सिटौला अत्यन्तै माहिर मानिन्छन् । सिटौलालाई देउवाले यो खेलमा प्रयोग गरेनन् । विगत दस वर्षदेखि कांग्रेसको हरेक सत्ता खेलमा सिटौला सहभागी हुँदै आएका थिए । एमाओवादीको कहाँनेरको स्वीच थिच्दा कहाँको वत्ती बल्छ अनि कसलाई पिट्दा कसले ऐया भन्छ भन्ने सिटौलाले राम्ररी बुझेका छन् । खासगरी एमाओवादीको नाडी–नसा सबै बुझेको ठानिन्छ सिटौलाले । आफूलाई रिङबाट बाहिर राखेर सत्ताको खेल खेलिंदा सिटौलाले सहने कुरा थिएन । जानकारहरू भन्छन्– प्रचण्डलाई भड्काउने काम सिटौलाले गरेका थिए । ओलीलाई गिराएपछि तपाईंलाई अघि सार्दैनन्, बेइमानी गर्छन् भनेर सिटौलाले प्रचण्डलाई कन्भिन्स गराए । भारतले नरुचाएको अवस्थामा तपाईंलाई देउवाले कुनै हालतमा प्रधानमन्त्री बन्न दिंदैनन् भनेका थिए सिटौलाले प्रचण्डलाई ।

एउटै जिल्लाको प्रतिस्पर्धी भएपनि ओली र सिटौलाको अत्यन्तै राम्रो सम्बन्ध छ । एमाओवादीलाई ब्याक गराउने अनेक फर्मूला सिटौलाले नै ओलीलाई सिकाएको बुझिन्छ । राप्रपा नेपाल र फोरम लोकतान्त्रिकलाई नयाँ गठवन्धनमा तपाईंहरूलाई ठाउँ छैन, यही गठवन्धनलाई अगाडि बढाउनुस् भनेर सिटौलाले कन्भिन्स गरे । सिटौलाले डबल होइन ट्रिपल रोल नै खेलेको जानकारहरू बताउँछन् । खेलभित्रका यस्ता खेलका कारण देउवा सत्ताको खेलमा नराम्रोसंग पराजित भएका छन् । देउवालाई मौका सही सल्लाहकार दिने सही ब्यक्तिको अभाव रहेको महसुस उनका शुभ चिन्तकहरूले गर्न थालेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution