ओमानमा २५६० औ बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न
तेजबहादुर तामाङ , मस्काट |नेपाल तामाङ समाज ओमानको आयोजनामा नेपाली राजदुतावास कार्यलय मस्काटमा २५६० औ बुद्ध जयन्ती कार्यक्रम २० मे २०१६ का दिन लामा गुरु दावा सङ्बु लामाबाट पुजा पाठ गरी भव्यताको साथ सम्पन्न गरेको छ |
कार्यक्रममा प्रमुख अथिती नेपाली राजदुतवास ओमानका महामहिम राजदूत रोजिन ताम्राकार ,बिशेष अतिथि श्रीलंकाका महामहिम राजदूत थिए भने अतिथिहरुमा ओमानमा रहेका नेपाली संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत बुद्ध धर्ममा आस्था राख्नु हुने नेपाली दाजु भाइ तथा दिदीबहिनीहरु उपस्थित थिए |
लामा गुरु दावा सङ्बु लामाले पुजाबाट सुरु गरिएको कार्यक्रम पुजा सकिए पछि कार्यक्रममा उपस्थित सबै जनाले (नाङ्साल) दिप प्रज्वलन गरिएको थियो र संघ सस्थाका प्रतिनिधिहरु बाट शुभकामना मन्तव्य राखेका थिए | तामाङ समाजका अध्यक्ष राम तामाङले बुद्ध जयन्तीको शुभकामना सहित बुद्धको केही उपदेशहरु पनि सुनाउनु भएका थियो र अन्तमा वहाँले कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो।