तामाङ उत्थान समाजले र्याली सहित २५६० औ बुद्ध जयन्ति भव्यताको साथ सम्पन्न
सुबोध घलान तामाङ,दोह कतार | बुद्ध सम्वत २५६०औं बुद्ध जयन्तीको पावन अबसरमा” तामाङ उत्थान समाज” श्रीपुर छतिवन द्वारा आयोजित कार्यक्रम छतिवनको जुरेली प्राङ्गणमा र्याली सहित भब्यताको साथ सम्पन्न भयो ।
समाजको अध्यक्ष राम बहादुर थिङ(तामाङ) को सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि समाज शास्त्री तथा राजनीतिक विस्लेेषक बुद्ध छिरिङ मोक्तान तामाङ रहेका थिए |
प्रमुख लामा गुरु लाक्पा दोर्जे लामाको विशेष अतिथिहरुमा नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र न. १ का माननिय इन्द्र बानियाँ , नेकपा माओवादी “केन्द्र” जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ,एमाले जिल्ला सदस्य दल बहादुर वाइबा तामाङ , राप्रपा नेपालको क्षेत्र न १ संयोजक राजाराम अर्याल , सङ्घिय समाजबादी फोरम नेपालको जिल्ला अध्यक्ष सुभ रत्न गोले तामाङ, ताम्सालिङ संयुक्त संघर्ष समितिबाट मान बहादुर गोले तामाङ, नेपाल तामाङ घेदुङ मकवानपुरको अध्यक्ष लिला कुमार घ्लान तामाङ, भु-गर्व बिद देब राज स्याङ्बो तामाङ र पुर्व गाबिस अध्यक्ष सेर मान गोले तामाङ लगायत थिए |
विशेष अतिथिज्युहरुबाट शान्तिको अग्रदुत गौतम बुद्धको दर्शाउनु भएको सहि बाटोमा लाग्यो भने मात्र हाम्रो मनले शान्त पाउँछ र यो २५६० औं गौतम बुद्धको जन्म जयन्ती पछि देशमा शान्ति छवोस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
बुद्ध धर्मको बारेमा प्रवचन लामा गुरु लाक्पा दोर्जे लामाबाट भएको थियो भने प्रमुख अतिथि बुद्ध छिरिङ मोक्तान ज्युले प्रशिक्षनात्मक मन्तव्य राख्नु भएको थियो ।
लामा सेवा समाजको नवीन लामा तामाङ र उत्थान समाजको सल्लाहकार मोतिलाल सिङ्गार तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो ।
तामाङ राष्ट्रिय कलाकार विश्व दोङ्को बेजोड साङगीतिक प्रस्तुतिले दर्शकहरुलाई तताएको थियो भने स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रेहको थियो । लगभग ५ घन्टा लामो चलेको कार्यक्रम अन्तमा तामाङ उत्थान समाज श्रीपुर छतिवनका अध्यक्ष राम बहादुर थिङको मन्तव्य संगै अन्त भएको थियो ।