हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाललाई मलेसिया र सिंगापुर बनाउन सकिन्छ : डा. भट्टराई

m

क्वालाम्पुर – नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले नयाँ शक्ति मलेसियाका कार्यकर्ताहरुसंग स्काइपमा प्रतक्ष्य कुराकानि गरे । नयाँ शक्ति के हो ? आबश्यकता किन र भोलीको कार्यदिशाको बारेमा जानाकारि दिदै भट्टराईले करिब पौने घण्टा विताए ।

भट्टराईले विदेशमा सिकेको सिपलाई नेपालमा फर्किएर ब्यवहारमा उतार्न र नयाँ शक्तिमा आबद्ध हुन जुनसुकै राष्ट्रमा भए पनि आउन आग्रह गरे ।

विदेशमा आफ्नो श्रम बेचेर धेरै देश हामीले बनायौ, अब आफ्नै देश बनाउन आउनुहोस देशलाई अगाडि बढाऔं, उनले भने । पुरानै बाटोबाट हिँडेर अगाडि बढ्न सकिन्न भन्दै भट्टराईले नयाँ विचार लिएर हिँडेमा नेपाललाई पनि मलेसिया र सिंगापुर जस्तै बनाउन धेरै समय नलाग्ने बताए । हामीले कसैसंग दुश्मनि मोलेर होईन भारत र चिन दुबैलाई मीलाएर लैजानु पर्छ ।

केहि महिना अगाडि मलेसियाका पुर्व प्रधानमन्त्रीसँगको भेटमा मलेसियाको विकाससम्वन्धी मोडलको वारेमा कुराकानी भएको वताउदै उनले आफु पनि आउदो जुलाई वा अगष्ट सम्ममा मलेसियाको विकासको मोडल, अनुभव लिनका लागि र नयाँ शक्तिले आउन गरिएको अनुरोधलाई स्वीकार्दै मलेसिया आउने जानकारी दिए । आउदो जेठ २० गते राष्ट्रिय भेलामा लाखौ कार्यकता उतारेर सामुहिक सपथग्रहण गराउने योजना पनि उनले सुनाए । मलेसियाबाट पनि धेरै भन्दा धेरै आउनुहोस स्वागत गर्न तयार छौ उनले आग्रह गरे ।
स्काइपमा नेपालबाट विदेश बिभाग प्रमुख नवराज सुबेदि तथा सदस्य शंकर भण्डारिले पनि नयाँ शक्तिको बारेमा प्रष्ट पारेका थिए ।

मलेसियामा रहेका कार्यकर्ताहरुले कतै नयाँ शक्ति पनि काम र व्यवहार भन्दा बाहिर गएर हिजो कै अबश्थामा आउने त होईन ? हामीले तपाईको विश्वासमा लागेर आज नयाँ शक्तिमा जोडिएका छौ भन्ने प्रश्नमा डा. भट्टराईले हिजोका गल्ति कति पनि नहुने र विचार, सोच, शैली सबै परिबर्तन गर्नको लागि नै नयाँ शक्ति निर्माण गरिएको जबाफ दिए ।

सोही कार्यक्रममा जनप्रगतिशिल मञ्च मलेसियाका कोषाध्यक्ष भिम लामिछाने र सदस्य अमिरकुमार पराजुलीले मञ्च परित्याग गरी नयाँ शक्तिमा प्रबेश गरेका थिए भने निर्मल चौधरी, सञ्च विर तामाङ, आलम अप्तान पनि नयाँ शक्तिमा प्रबेश गरेका र उनिहरुले नयाँ शक्तिको अभियानलाई साथ दिने बताए ।

कार्यक्रममा मलेसिया संयोजक भानुभक्त देवकोटा, नर बहादुर सुनार, धिरेन्द्र कोईराला, भीम लामीछाने, राज न्यौपाने लगायतले डा. बाबुराम भट्टराईलाई प्रश्न राखेका थिए ।

मलेसियामा संगठनलाई बलीयो बनाउदै र सदस्यता बढाउँदै राष्ट्रिय भेलामा मलेसियाबाट धेरै प्रतिनिधि पठाईने मलेसिया संयोजक भानुभक्त देबकोटाले जानाकारि दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution