लिफ्ट भित्रै छात्रामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ
काठमाडौं, जेठ ०८ – यूपीको राजधानी लखनऊमा कक्षा ११ मा पढ्दै गरेकी एक छात्रामाथि बलात्कार गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।लखनऊस्थित सुशांत गोल्फ सिटीमा बसोबास गर्दै आएका ती युवकलाई छात्रामाथि लिफ्ट भित्रै बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो ।
बलात्कार गर्न खोजेका युवकलाई प्रतिकार गर्न खोज्दा उल्टै युवकले छात्राको टाउकोमा गमला समेत प्रहार गरेको यूपी प्रहरीले जनाएको छ ।आरोपीको नाम शोभित सिंह रहेको र उनलाई सिसि टिभी फुटेजको आधारमा पक्राउ गरिएको यूपी प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार सो छात्रा भवनमा बसोबास गर्दै आएकी आफ्नी काकीको कोठामा लिफ्टबाट जाँदैं थिइन् ।यस्तै भाग्ने क्रममा छात्रालाई युवकले चक्कु समेत प्रहार गरेकाले छात्राको अवस्था अहिले पनि गम्भिर रहेको बताइएको छ ।