हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

इजरायलमा शान्ति र्याली सहित २५६० औ बुद्ध जयन्ति भव्यताको साथ सम्पन्न

buddha jayanti il1

बिनु थिङ तामाङ , तेलअविव , २१ मे २०१६ | इजरायलमा विश्व शान्तिको अग्रदुत एवं अहिंशाको प्रतिक भगवान बुद्धको २५६० औ बुद्ध जयन्ति भव्यताको साथ सम्पन्न भएको छ |

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष डोमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालीराजदुतावास इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई साथमा वहांको धर्मपत्नी सिता प्रसाई ,बिशेष अतिथिहरुमा उपनियोग प्रमुख रामेश्वर पौडेल वहांको धर्मपत्नी उषा पौडेल , बौद्ध धर्मगुरु लामा थुप्तेन तामाङ ,अतिथिहरुमा इजरायल स्थित सामाजिक ,धार्मिक ,राजनीतिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र अनलाइन मिडियाका संचारकर्मीहरु रहेका थिए |

बौद्ध धार्मिक लामागुरु थुप्तेन तामाङबाट बौद्ध धार्मिक विधिअनुसार पाढपूजा गरी शुरु गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका कार्यकारी सदस्य रेखा श्रेष्ठले स्वागत मन्तव्य राखेको थिइन् भने बुद्ध जयन्तीको शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि प्रल्हाद कुमार प्रसाईले भगवान बुद्धको अष्टशिल ,पंचशिल लगायत दिव्य उपदेश र शिक्षालाई सबैले पालन गर्नुपर्ने बताउनु भयो | साथै आगामी बर्षहरुमा पनि बुद्ध जयन्ति यसै सबैजना मिलेर मनाउने कार्यले निरन्तर पावोस् भन्ने कामना गर्नुभयो | इजरायल स्थित विभिन्न संस्थाको तर्फबाट पनि कार्यक्रममा बुद्ध जयन्तीको शुभकामना मन्तव्य राख्नु भएको थियो | कार्यक्रममा सहभागी नेपालीहरु द्वारा कार्यक्रम स्थल परिसरमा लामबद्ध भई शान्ति र्याली समेत गरेका थिए |

buddha israel

कार्यक्रम आफ्नो ४ बर्षे अवधि पुरा गरी छिटै नेपाल प्रस्थान गर्न लाग्नु भएका नेपाली राजदुतावास इजरायलका महामहिम प्रल्हाद कुमार प्रसाईलाई नेपाल आदिवासी जनजाती महासंघ इजरायल र महासंघ आवाद्ध ८ जातीय संस्थाहरु द्वारा सयुक्त रुपमा सम्मान-पत्र प्रदान गरी सम्मान गर्नुको साथै मायाको चिनो उपहार दिएका थिए |

कार्यक्रमकोअन्तमा भगवान बुद्धको प्रशाद वितरण गरेको थियो | कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ इजरायलका महासचिव निर्मला गुरुङ र सचिव नयन इमासोङ लिम्बुले कुशलतापुर्वक उत्कृष्ठ उत्घोशन गरी संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution