नेपाली राजदुतावास इजरायल द्वारा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
तेलअविव,इजरायल – नेपाली राजदुताबास इजरायल द्वारा भुकम्प स्मृति तथा पर्यटन प्रर्वधन कार्यक्रम १९ मे २०१६ (बिहीबार)को दिन तेलअविव स्थित दान पानोरोम होटलमा सम्पन्न गरेको छ | गत बर्ष बैशाख १२ र २९ गते गएको बिनासकारी भुकम्पबाट पर्यटकिय क्षेत्रमा पारेको प्रभाबबाट बिश्व समुदायमा गएको नकारात्मक सन्देशलार्इ बर्तमान स्थित बारे जानकारी गराउने उद्धेश्का साथ नेपालको लागि पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजन गरेको हो |
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्नु हुँदै आफ्नो मन्तव्यमा नेपाली राजदुतवास इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाइले भुकम्प स्मृति गत महिना नै परेतापनि त्यस समयताका इजरायली पर्व परेकोले एक महिना पछि गर्नु परेको जानकारी गराउनु हुँदै बिनासकारी भुकम्पबाट पिडितहरुलाई इजरायल सरकार ,इजरायलका विभिन्न संघसंस्थाको साथै इजरायल बसोवास गर्नु हुने स्थानीय नेपालीहरुको संघसंस्थाlले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो | साथै वहाँले नेपाल घुम्न जानको लागि पर्यटन क्षेत्र सुरक्षित रहेको बताउनु भएको थियो |
कार्यक्रम इजरायली नागरिकहरु र इजरायल स्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए |