सङ्घीय गठबन्धनबाट तीन दल पछि हट्यो
काठमाडौँ, जेठ ६ गते । सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।
लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष, गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाउनुभएको छ ।
संयुक्त मधेसी मोर्चाका नेताले गठबन्धनको अस्तित्वलाई स्वीकार गर्न नसकी नयाँ गठबन्धनको २६बुँदे माग छाडेर मोर्चाकै नामबाट सरकारसँग आफ्नो ११ बुँदे माग उठाएका कारण उहाँहरुले असहमति जनाउनुभएको हो । उहाँहरुले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा पनि गर्नुभएको छ ।