हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

स्वयम्भू घुम्न आउने पर्यटकलाई बुद्धजयन्तीको अवसरमा प्रवेश निःशुल्क

Swayambhunath01

काठमाडौँ, जेठ ६ गते । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६०औँ बुद्धजयन्तीको अवसरमा यही जेठ ८ गते त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई प्रवेश निःशुल्क गर्ने भएको छ ।

सामान्य दिनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कराष्ट्र)का पर्यटकलाई रु ५० तथा अन्य मुलुकका पर्यटकलाई रु २०० लिइँदै आएकामा बुद्धजयन्तीका दिन पर्यटकलाई समेत प्रवेश शुल्क छुट गर्न लागेको हो । महासमितिको यस निर्णयले त्यहाँ आउने पर्यटक लाभान्वित हुने भएका छन् ।

महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बौद्ध धर्मावलम्बीका लागि बुद्धजयन्तीको दिन ठूलो उत्सव तथा पवित्र दिन भएको र त्यस क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क छुट गरी उनीहरुलाई बौद्ध दर्शनको महत्वका बारेमा सन्देश दिन खोजिएको जानकारी दिनुभयो ।

महासमितिले मुलुकमा पर्यटक आवागमनको मौसममा विदेशी पर्यटकबाट दैनिक करिब रु एक लाखभन्दा बढी तथा सामान्य अवस्थामा पनि रु ५० हजारको हाराहारीमा रकम सङ्कलन गर्दै आएको छ ।

गत वर्ष वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण स्वयम्भूनाथको चैत्यमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पर्यटकको सङ्ख्यामा कमी आएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले बताउनुभयो ।

सरकार, पुरातत्व विभाग, महासमिति लगायतको सहयोगमा उक्त क्षेत्रमा जीर्णोद्धारका लागि पुनःनिर्माणको कार्य गत वैशाख अन्तिम साताबाट अघि बढाइएको छ । त्यस चैत्य तथा वरपरका अन्य सम्पदालाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिने योजना रहेको महासमितिले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा समेत जोखिममा छन् ।

यसैगरी, महासमितिले यसवर्षको बुद्धजयन्तीका सन्दर्भमा सरसफाइ, रक्तदान, त्यहाँ आउने दर्शनार्थीका लागि भीड व्यवस्थापन, खिर भोजन लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । त्यसका लागि नेपाल स्काउट, सुरक्षाकर्मी, स्वयम्सेवकलगायत आवश्यक स्थानमा खटाउने व्यवस्था मिलाएको छ । छिटोछरितो दर्शनको व्यवस्था तथा महाचैत्यबाट करिब दुई किलोमिटर तल सवारीसाधनको व्यवस्थापनका लागि प्रबन्ध मिलाएको छ ।

सोही दिन स्वयम्भू महाचैत्य तथा हारती माताको मन्दिर परिसरमा विशेष बुद्ध पूजा हुनेछ । महायानी तथा बज्रयानी सम्प्रदायका गरी १५ जना गुरुले उक्त पूजा गर्नेछन् ।

महासमितिका कोषाध्यक्ष पुण्यसागर लामाले यसवर्षको बुद्धजयन्तीमा विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न करिब रु आठ लाख खर्च विनियोजन गरिएको जानकारी दिनुभयो । बुद्धजयन्तीका दिन स्वदेशी तथा विदेशी गरी एक लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

उक्त महाचैत्यको उत्पत्तिका बारेमा विभिन्न किसिमका पौराणिक कथा सुन्न पाइए पनि काठमाडौँ उपत्यकाको प्राचीन सम्पदामध्ये एक महत्वपूर्ण तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा विकास भएको छ । हिन्दू धर्मावलम्बीले समेत उक्त स्थानमा दर्शन गर्ने र आस्था प्रकट गर्ने गर्दछन् । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution