हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

एउटा झण्डावाल पानीजहाज बसपार्कबाट पनि छुटोस्

water car

काठमाडौं, जेठ ५ – सधैंजस्तो मन्द मुस्कान सहित प्रधानमन्त्री मञ्चमा उक्लनुभयो । अघिल्तिर पल्याकपुलुक हेर्नुभयो । माइक समातेर सम्बोधन गर्न थाल्नुभयो । मञ्च अघिल्तिर बसेका सबैजना एकटक लगाएर प्रधानमन्त्रीको भाषण सुन्न थाले । अघिपछि अरुले भाषण गर्दा गफ गर्नेहरु पनि प्रधानमन्त्रीले भाषण गर्न थाल्दा चुप लागे र कान थापेर सुने । आज प्रधानमन्त्रीले के भन्छन् र कतिखेर हाँस्न पाइन्छ भनेर सबै पर्खिरहेका छन् ।

मञ्चमा बसेकाहरु के सुन्न चाहन्छन् भन्ने प्रधानमन्त्रीलाई राम्रैसँग थाहा छ । भान्सा भान्सामा ग्यासको पाइप जोड्ने कुरा बासी भैसक्यो । हावाबाट बिजुली निकाल्ने कुरालाई पनि धेरैले हावादारी भनिसके । काठमाडौंमा चुच्चो मुख भएको रेल चलाउँछु भन्दा पनि जनता ढाँट्ने खेल भनेर धेरैले कुरा काट्छन् । यसअघि कुरा काट्नेको जवाफ दिंदै आएका प्रधानमन्त्री केपी ओलीलाई यसपटक नयाँ कुरा गर्न मन लाग्यो । त्यसैले कान थापेर बसिरहेका कार्यकर्तालाई प्रधानमन्त्रीले नयाँ किस्सा सुनाएर हँसाउनुभयो– अब हिन्द र प्रशान्त महासागरमा नेपालकै रेल हुन्छ, नेपाली झण्डा फहराउँदै पानी जहाजले तीन दिनमै नेपालमा सरसामान ल्याउँछन् ।
ग्यास, बिजुली र रेलका चाखलाग्दा कुरा सुन्दै आएका कार्यकर्ताले पानी जहाजको किस्साले हाँसोको फोहोरा छुटायो । कोही मुर्छा परेर हाँस्न थाले । कोहीले सिटी र ताली बजाए । पार्टी कार्यकर्तासँगै मञ्चमा रहेका पत्रकार समेत हाँस्न थालेपछि प्रधानमन्त्री अझै हौसिनुभयो । ‘अझ धेरै छन् भन्ने कुरा, तर अहिले यति मात्र भन्छु’ भन्दै उहाँले अरु हँसाउने मसला अर्कोपटकलाई साँचेजसरी भाषण टुंग्याउनुभयो ।

यसअघि भन्दा प्रधानमन्त्रीले नयाँ कुरा बोलेपछि पत्रकारको लागि त्यो बे्रकिङ न्युज भयो । रेडियो र अनलाइनमा उतिखेरै प्रधानमन्त्रीले पानीजहाजको कुरा गरेको समाचार आयो । त्यतिबेला काठमाडौं सहित देशका धेरै ठाउँमा झमझम पानी परिरहेको थियो । प्रधानमन्त्रीले पानी जहाजको कुरा गर्नु, अनि त्यहीबेला पानी पनि पर्नु !
पानी परेको बेला काठमाडौंको सडकमा ओहोरदोहोर गर्ने धेरैले डुंगा र कतिपयले जहाजकै कल्पना गर्छन् । किनकी प्यार्र पानी पर्ने बित्तिकै काठमाडौंका केही सडक पोखरी जस्ता र केही समुन्द्र जस्ता हुन्छन् । पोखरीमा गाडी चलाउन सजिलो हुन्छ । सडकमा गुड्दा आफैं डुब्ने हो कि भन्ने चिन्तामा रहेका चालकलाई मात्र होइन, लुगा स्याहार्दै र जुत्ताचप्पल हातमा बोक्दै हिँड्ने बटुवालाई समेत डुंगा वा जहाज भैदिए कस्तो हुन्थ्यो भन्ने लाग्छ ।

हरेकपल्ट पानी पर्दा डुंगाको याद गर्नेहरुले प्रधानमन्त्रीको नयाँ भाषण सुनेपछि पानीजहाज सम्झन थाले । ‘आहा कति दूरदर्शी प्रधानमन्त्री ! यस्तो जलमग्न सडकमा गाडी कुदाउन सकिंदैन । रेल पनि चल्दैन । डुंगाले मात्र कति मान्छे ओसार्नु । हो प्रधानमन्त्रीले भनेजस्तै ठूलो पानी जहाजै चाहिन्छ ।

मनोरञ्जन न हो ! नेपाली झण्डा फरफराउँदै एउटा पानी जहाज नयाँ बसपार्कबाट छुटोस् । बालुवाटार, जमल, पुतलीसडक हुँदै शहरको फन्का लगाओस् । अर्को पानी जहाज पुरानो बसपार्कबाट सिंहदरबार, बानेश्वर हुँदै एयरपोर्टसम्म पुगोस् ।’ कतिपयले त काठमाडौंको थानकोट हुँदै पानीजहाज उपत्यका बाहिरका शहरहरुमा समेत गुड्न थालेको सपना देखे । एउटा ट्र्याकबाट रेल, अर्कोबाट पानी जहाज । बस, मिनीबस, माइक्रोबस त ओझेलमा पर्ने नै थिए, ठूला रेल र पानी जहाजले अकल्पनीय रुपले छेलिए । प्रधानमन्त्रीको भाषण सुन्ने बित्तिकै धेरैले यसैगरी सपना देखे । प्रधानमन्त्रीको सपनामा आफ्नो सपना थपथाप पारे । सामाजिक सञ्जालभरी प्रधानमन्त्रीको सपनामाथि सपना मिसाउनेहरुको भीड छ ।

सपना बाँड्न खप्पिस प्रधानमन्त्री ओलीले काठमाडौंमै पानी जहाज चलाउँछु भन्नुभएको त होइन । तर प्रधानमन्त्रीको कुरै त्यस्तै, जे भने पनि सुन्नेहरुले यसैगरी बुझिदिन्छन् । अहिले पनि यसैगरी बुझे । आफ्नै पानीजहाज किनेर समुद्रमा चलाउने प्रधानमन्त्रीको योजनालाई सबैले सुनामी आएको पारामा व्यंग्यात्मक छालले किनारा लगाउँदैछन् । प्रधानमन्त्रीको कुरालाई उडन्ते कुरा भन्दै उडाउँदैछन् ।

आखिर किन उडाइन्छ त प्रधानमन्त्रीका कुरालाई ? भाषण गर्न उभिंदा प्रधानमन्त्री ओलीलाई सधैं हँसाउने कुरा गर्न मन लाग्छ । त्यसमाथि पार्टी कार्यकर्ताहरु जम्मा भएको ठाउँमा त उहाँ उल्कै हौसिनुहुन्छ । कार्यकर्ताले सिटी र ताली बजाउन थालेपछि त्यसकै तालमा बोल्नुहुन्छ । सपना देखेको कुरा पनि त्यहीबेला भन्न भ्याउनुहुन्छ ।

भान्साभान्सामा ग्यासको पाइप जोड्ने, हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा सररर रेल कुदाउने सपना बाँड्न भ्याइसकेका ओलीले पछिल्लोपटक पानीजहाज चलाउने अर्को गज्जबको सपना बाँड्नुभएको छ ।

तर प्रधानमन्त्रीको सपना पूरा नहुने खालका होइनन् । सबै पूरा गर्न सकिन्छ । रेलको लिक बनाउने बित्तिकै रेल पनि कुद्न सक्छन् । मात्र समुद्र नभएकाले देशभित्रै पानी जहाज चलाउन चाहिँ सकिंदैन र उहाँले पानीजहाज नेपालमा होईन, हिन्द महासागरमा कुदाउने कुरा गर्नु भएको हो । नेपाली झण्डा हालेर हिन्द महासागरमा पानी जहाज कुदाउने ओलीको सपनालाई पत्रकारले नेपालमा कुद्ने बुझे । आफ्नै पानीजहाज किनेर अरु देशका समुद्रमा चलाउन सकिन्छ । प्रधानमन्त्रीले भन्नुभएको पनि यही हो ।

तर घाम लाग्दा धुलिमाण्डु र पानी पर्दा हिलामाण्डु हुने यो शहरका सडकमा साइकल समेत राम्ररी गुड्न नसकेको बेला रेल गुडाउने, अनि भूकम्प पीडितलाई एउटा पाल समेत समयमै बाँड्न नभ्याएने सरकारले पानी जहाजै किन्ने योजना सुनाउन थालेपछि सित्तैमा पाएको मनोरञ्जन किन नलिने ? आखिर सरकारले जनतालाई दिएको सबैभन्दा ठूलो राहत पनि सस्तो मनोरञ्जन नै त हो ।  – मिलन तिमिल्सिना @ उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution