अबैध रुपमा कुवेत पुर्याइएकी महिलाको उद्दार
जेठ ५ – कुवेतमा अलपत्र परेकी एकजना नेपाली घरेलु महिला कामदारको उद्दार गरिएको छ । उदयपुरको गाइघाट ५ की सुना किरातीलाई उद्दार गरी मंगलबार नेपाल पठाइएको हो ।
सुनालाई दलालहरुले भारत र श्रीलंका हुँदै कुवेत पुर्याएका थिए । तीन महिना अघि कुवेत पुर्याइएकी सुनालाई घरेलु कामदार दिने एजेन्सीमार्फत मार्फत घरेलु कामका लागि स्थानीय नागरिकको घरमा पठाइएको थियो ।
त्यस घरमा पुगेको केहि दिनपछि मेडिकल गराउँदा पेटमा बच्चा भएको रिपोर्ट आएको भन्दै कुवेती नागरिकले उहाँलाई काममा पठाउने एजेन्सीलाई जिम्मा लगाएको थियो । ती कुवेती नागरिकले तिरेको नौ सय दिनार पनि फिर्ता लिएको बताइएको छ ।
त्यसपछि झापाकी सेखा नाम गरेको दलाल र इराकमा रहेका काभ्रेका दिपक मगरले इजिप्टमा रहेकी सुनाकी दिदी चन्दालाई फोन गरेर पैसा फिर्ता नगरे जे पनि हुन सक्ने धम्की दिएका थिए । चन्दाकै आग्रहमा परिवर्तनशिल सोच कुवेतका अध्यक्ष पुष्कर धामी तथा गंगा बिक र राजेश श्रेष्ठको अगुवाईमा सुनाको उद्दार गरिएको हो ।
-नैनकला राई/कुवेत ।