हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बुद्ध जयन्ती सफल पार्न दलहरु प्रतिबद्ध

buddha7

लुम्बिनी (रुपन्देही)-शाक्यमुनि गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको २५६०औँ बुद्ध जयन्तीलाई भव्य, सभ्य र मर्यादित बनाई सफल पार्न रुपन्देहीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको संयुक्त आयोजनामा मङ्गलबार ‘भैरहवामा भएको बुद्ध जयन्ती र शान्तिसुरक्षा’ विषयक अन्तरक्रियामा बोल्ने राजनीतिक दलका प्रतिनिधिले बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । दलका प्रमुख तथा प्रतिनीधिले बुद्ध जयन्तीलाई सफल पार्न आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रममा स्थानीय समुदायको सहभागिता बढाउन सम्बन्धित निकायलाई आग्रह गरे।

अन्तरक्रियामा नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले बुद्ध जयन्तीलाई सफल पार्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने बताए। नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपानेले जिम्मेवारी दिएमा आफ्नो पार्टी बुद्ध जयन्ती सफल पार्न जस्तोसुकै काम गर्न तयार रहेको बताउँदै स्थानीयवासीलाई समेटेर अगाडि बढ्न लुम्बिनी विकास कोषलाई आग्रह गरे।

नयाँ शक्ति नेपाल रुपन्देहीका सयोजक देवेन्द्र पाण्डेले बुद्ध जयन्ती सफल पार्न आफ्नो पार्टीले भरपूर्ण सहयोग गर्ने जनाउँदै आगामी दिनमा हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी लुम्बिनीमै गर्नुपर्ने माग गरे। सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा र उद्योग व्यापार सङ्गठन रूपन्देहीका महासचिव अनिल ज्ञवालीले बुद्ध जयन्ती सफल पार्न उद्योगी–व्यवसायीका तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

सुरक्षाको चिन्ता नलिनु होस्: क्षेत्रीय प्रशासक कोइराला

क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले बुद्ध जयन्तीलाई ध्यानमा राखेर लुम्बिनीको शान्तिसुरक्षा चुस्तदुरुस्त पारिएको जानकारी दिए। क्षेत्रीय प्रशासक कोइरालाले कार्यक्रमका लागि शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन भरपर्दो रहेको उल्लेख गरे। “बुद्ध जयन्तीका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएका छौँ”, उनले भने, “सुरक्षाको विषयमा तपाईंहरु ढुक्क हुनुहोस् ।”

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउने भएकाले पनि लुम्बिनीमा आफू पटक—पटक पुगी त्यहाँको शान्तिसुरक्षालाई मजबुत पार्न लागिपरेको जनाए। लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बुद्ध जयन्तीका लागि लुम्बिनीमा भइरहेको तयारीका बारेमा जानकारी दिए। अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्षेत्रीय सुरक्षा निकायका प्रमुख, जिल्ला तथा अञ्चलका सुरक्षा निकायका प्रमुख, लुम्बिनी विकास कोषका पदाधिकारी, जिल्लाका सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी लगायतको उपस्थिति थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution