बनेपा–काठमाडौँ सिधा बस सञ्चालन सुरु
बनेपा, जेठ ५ गते । बनेपाबाट काठमाडाँैंका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ | काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो ।
हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाडाँैंको लागि बस छुट्दै आएको थियो ।
धुलिखेल र पनौतीबाट काठमाडौँका लागि बनेपा बस आउँदा खचाखच भरिएको हुने भएकाले बनेपाका बासिन्दा उभिएर यात्रा गर्नुपर्ने अवस्था थियो, त्यसको अन्त्य भएको छ यातायात व्यवसायी वैद्यले भन्नुभयो । रासस