हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जनजाति महासंघ कुनै राजनीतिक दलको घेराबन्दीमा रहन सक्दैन – लुईसाङ वाईवा तामाङ

Luisang

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाले न्याय र स्वतन्त्रताको पक्षमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । विभिन्न जातीय संगठनको साझा संस्था महासंघले आफ्नो उद्देश्य अनुसारको गतिविधि ठोस रुपमा अघि बढाउन नसकेको पनि आरोप लाग्ने गरेको छ । यसै सेरोफेरोमा रहेर महासंघको अध्यक्ष लुईसाङ वाईवा तामाङसँग प्रधान सम्पादक गोकुल श्रेष्ठले गरेको संक्षित कुराकानी ।

अमेरिकामा आदिवासी जनजाति महासंघको सार्थकता के हो ?

हामी जहाँ रहे पनि नेपालको आदिवासी जनजाति आन्दोलनलाई सधै सहयोग र समर्थन गर्नुपर्छ भन्ने आशयमा अमेरिकामा पनि महासंघ गठन भएको हो । नेपालका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताको लागि हाम्रो नैतिक समर्थन प्रवासबाट पनि रहन्छ र रहिरहनेछ ।

महासंघमा संस्थाभन्दा बढि व्यक्ति हावी भयो भन्ने आरोपलाई के भन्नु हुन्छ ?

मैले त्यस्तो आरोप सुनेको छैन, आजसम्म । यदि कसैले त्यसो भन्छन् भने त्यो सांगठनिक अल्पज्ञान हो । महासंघको निश्चित संरचनाहरु छन्, विधि विधान छ र सोहिअनुसारको म्यान्डेट पनि छ । म्यान्डेटअनुसार नेतृत्व गर्नु भनेको व्यक्ति हावी होइन ।

महासंघले जनजातिको अधिकार रक्षाका लागि अहिलेसम्म गरेका ठोस काम के के हुन् ?

महासंघले यहाँबाट गर्न सक्ने पर्याप्त कार्यहरु सम्पन्न गरेका छौं, हामीले । जस्तैः महासंघले आदिवासी जनजातिहरुको अधिकारलाई सुनिश्चत गर्न आवश्यकताअनुसार नेपाल सरकारलाई खबरदारी गरेको छ । आदिवासी जनजातिहरुलाई समसामयिक बिषयबस्तुमा बेलाबखतमा स्थानीय तहमा प्रशिक्षण एवं जानकारी गराएकाछौं । संयुक्त राष्ट्रसंघमार्फत अन्तरराष्ट्रिय मञ्चमा समेत महासंघले उपस्थिति जनाउँदै आदिवासी जनजातिको सरोकारको विषयमा वकालत गर्दै आएकोछ । बिगतमा नयाँ संविधान निर्माण गर्ने क्रममा आदिवासी जनजाति मैत्री संविधान बनाउन अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेका छौं र अभियानमा संग्लग्न छौं ।

तपाई यो दोस्रो कार्यकालमा हुनुहुन्छ, यो कार्यकाल पनि पुरानै निरन्तरता हो वा कुनै ठोस योजना बनाउनु भएको छ ?

मैले भन्ने गरेको छु, अवको आदिवासी जनजाति आन्दोलन विगतको भन्दा नितान्त भिन्न खालको हुनुपर्छ । पुरातन शैलीमा गरिने आन्दोलनलाई अब कसैले स्वीकार गर्दैनन् र त्यसको कुनै महत्व पनि छैन । अबको आन्दोलन वैचारिक रुपमा संस्थागत गर्दै सोहि अनुसार रणनीतिक हुनुपर्छ । सारा विश्वले स्वीकार गर्न सक्ने अवको आन्दोलनको स्वरूप हुनुपर्छ । अर्थात् आदिवासी जनजाति आन्दोलन अब नागरिक आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै यसलाई संस्थागत गर्नुपर्छ । त्यसैले मेरो दोश्रो कार्यकाल बिगतको निरन्तरता नभएर आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्ने र सामाजिक न्यायको आधारमा सर्वस्वीकार्य आन्दोलनको स्वरुपमा अगाडी बढाउने योजना रहेको छ ।

सांगठनिक रुपमा महासंघ दलीय घेराभन्दा माथि उठ्न सकेको छैन भन्ने आरोपलाई के भन्नुहुन्छ ?

यो नितान्त संकीर्ण पुरातन सोंच हो । महासंघ कुनै राजनीतिक दलको भातृ संगठन होइन । महासंघमा राजनीतिक दलका कार्यकर्ताले नेतृत्व लिन सक्छन् तर दलीय कार्यकर्ताले नेतृत्व लिदैमा महासंघ सम्बन्धित दलको घेराबन्दीमा रहन सक्दैन किन भने महासंघको आफ्नै किसिमको संरचना, कार्यविधि र उद्देश्य छन् । अनि अर्को यथार्थ, महासंघले राजनीतिक दल जस्तै आफ्नै कार्यकर्ता उत्पादन गर्दैन यसले मात्र राजनीतिक एवं सामाजिक न्यायको सचेतनाको लागि समाजभित्र तथा तिनै राजनीतिक दलका कार्यकर्तालाई सामाजिक न्यायको सिद्दान्तमा आधारित सशक्तिकरण गर्ने हो । राजनीतिक दल र नागरिक समाजसँग वकालत र सहकार्यमार्फत आफ्नो उद्देश्य पूर्ति गर्छ । त्यसैले राजनीतिक दलसँगको सामिप्यता र सहकार्यलाई दलीय घेराबन्दी भन्नु हास्यास्पद हुन्छ ।

-न्युयोर्कसमाचारबाट साभार 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution