ओमानमा २५६० औ बुद्ध जयन्ति भव्यताको साथ मनाउने
नेपाल तामाङ समाज ओमानको आयोजनमा यहि आउँदो २० मे २०१६ (शुक्रबार) नेपालको राष्टिय विभुती महापुरुष गौतम बुद्धको २५६० औ जन्म जयन्ति भव्यताको साथ मनाउने भएको छ | नेपाली राजदुतावास सतिस कुरुम मस्कट ओमानमा बिहान ८ बजे देखी ११:३० सम्म कार्यक्रम हुने आयोजकले जनाएको छ |
बुद्ध जन्मेको दिनलाई बुद्ध जयन्तिको रुपमा विभिन्न कार्यक्रमका साथ विशेष गरेर बौद्ध धर्मलम्बिहरुले विश्वो भर मनाउँदा छन् | अहिले नेपालीहरुले पनि यस दिनलाई विश्वोब्यापी रुपमा मनाउन जमर्को गरेको देखिन्छ | बुद्ध जयन्ती भन्ने बितिकै हरेक मानिसको मनमा शान्ती साथै बुद्ध प्रती श्रीद्धको भावना पैदा हुन्छ । तर बुद्ध जयन्तिलाई नेपालकोराष्ट्रिय पर्बको रुपमा स्थापित गरेर बुद्धको शान्ति,अहिंसा ,प्रेम र दयाको संदेश संन्सारलाई दिदै हामी नेपालीहरुले विश्वोब्यपी रुपमा यसलाई मनाएर हाम्रो रास्ट्रीय एक्तालाई बलियो बनाउन सकिन्छ । साथै नेपाललाई बुद्धको जन्म भुमी तथा कला,सस्कृतिको धनी देश भनेर विश्वोमा स्थापित गर्न ठुलो माध्याम बन्दछ |
पबित्र दिनको अवसर परेर नेपाली राजदुतावासमा मनाउन गईरहेको कार्यक्रममा सहभागी हुना ओमानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजक संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |
कार्यक्रम :- बुद्ध जयन्ती पुजा तथा शान्ति समारोह
मिति:- २० मे २०१६
स्थान :- नेपाली राजदुतावास सतिस कुरुम मस्कट ओमान
समय :- बिहान ८ बजे देखि ११:३० सम्म
आयोजक :- नेपाल तामाङ समाज ओमान
जानकारीको लागि सम्पर्क नम्बर
राम तामाङ – ९७७०११४२
तेज (प्रेम) तामाङ – ९४०९५०२५
महेन्द्र बोम्जन तामाङ- ९८६२३९८९
फुरबा लामा तामाङ- ९७१४७५४२
पासँग मोक्तानतामाङ – ९७०२६८०७
र अन्य तामाङ समाज ओमन परिवार