‘पानी जहाज होइन, ट्राफिक जाम हटाऊ’ – प्रधानमन्त्रीलाई बाबुरामको सुझाब
जेष्ठ ४, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकको सामुद्रिक अधिकार प्रयोग गर्दै आफ्नै पानी जहाज चलाउने घोषणाको नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रतिटिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको घोषणालगत्तै मंगलबार नै तात्तातो टिप्पणी गर्दै भट्टराईले जहाज चलाउनेभन्दा ट्राफिक जाम हटाउन आग्रह गरेका छन् ।
‘प्रमले रेल/पानीजहाज दिनुभन्दा पहिले काठमाडौंलगायतका सहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ,’ भट्टराईको ट्विट छ ।