अमरपंक्षीबाट उठेको रकम भूकम्प पीडितलाई नजाने
काठमाडौं-सैनिक श्रीमती संघले मनोरञ्जनात्मक कार्यक्रम अमरपंक्षीबाट उठेको रकम कल्याणकारी कोषमा खर्चिने जनाएको छ । यसअघि संघले कार्यक्रमबाट उठेको रकम भूकम्प पीडितको सहयोगार्थ खर्चिने बताएको थियो ।
सोमबार अमरपंक्षी आयोजक सैनिक श्रीमती संघले विज्ञप्ती जारी गर्दै संकलित रकम बहालवाला र अवकासप्राप्त सैनिका लागि खर्चिने उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग र्पुयाउने उद्देश्य रहेको छ ।’