हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बालुवाटारको धर्नामा केहीबेरको तनाबपछि नाचगान

balu2

काठमाडौं–संविधानका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएको छ। विहान दश बजेदेखि सुरु गरिएको धर्नामा केहीबेर तनावसमेत भएको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो।
प्रहरीको हस्तक्षेपबाट पाँच जना प्रदर्शनकारी घाइते भएको तमलोपा केन्द्रीय सदस्य सुरेश यादवले बताए। केही बेरको तनावपछि आन्दोलनकारी र सुरक्षाकर्मी दुवै सम्यमित भएका थिए। दिउँसोको मध्य घामसँगै प्रदर्शनकारीले बीच सडकमा बसेर नाचगान गर्न गालेका थिए। सुरुमा सरकार र प्रधानमन्त्री विरुद्ध चर्का नारा लगाएका प्रदर्शनकारी त्यसपछि भने नाचगानमा व्यस्त देखिन्थे।

गठबन्धनको काठमाडौं केन्द्रित पहिलो चरणको आन्दोलन बुधबार रत्नपार्कस्थित शान्ति बाटिकामा विरोधसभा गरेर समापन हुँदैछ । बिहीबार बस्ने गठबन्धनको बैठकले अर्को चरणको आन्दोलनको घोषणा गर्ने गठबन्धनका नेताहरुले जनाएका छन्। संविधानका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले ६ महिना लामो मधेस केन्द्रित आन्दोलनसहित नाकाबन्दीसमेत गरेको थियो। त्यहीबीचमा सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन गरिसकेको छ भने मधेसी मोर्चाले मुख्य रुपमा उठाएको सीमाकंनको मुद्दा सम्बोधन गर्न मोर्चाकै सहमतिमा उच्चस्तरीय राजनीतिक समिति गठन गरिरसकेको छ। तर मोर्चाले समितिमा आफ्नातर्फबाट प्रतिनिधि नपठाएपछि समितिले पूर्णता पाउन सकेको छैन।


balu4

baluwa

baluwatar






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution