सलमान खानको प्रेमिका लुलियाको पुर्वश्रीमान संगको फोटो सामाजिक सञ्जालमा भाईरल
बलिउड मिडियालाई आधार मान्ने हो भने २०१६ को अन्त्यसम्म अभिनेता सलमान खान विहे बन्धनमा बाँधिने छन् ।रोमानिया प्रेमिका लुलिया भन्तुरसँगको प्रेम सम्बन्धमा रमाईरहेका सलमानले उनैसँग विहे गर्ने संकेत देखिएको छ ।
सलमानकी मिल्ने साथी समेत रहेकी अभिनेत्री प्रिती जिन्टाको विहे पार्टीमा सलमान आफ्नी प्रेमिका लुलियाका साथ पुगेका थिए । तर लुलियाले पहिले पनि विहे गरिसकेको खबर र तस्वीर अहिले भाईरल बनेको छ ।
लुलियाले रोमानिया सुपस्टार मारियस मोगासँग विहे गरेर डिभोर्स गरेकी हुन् । केही दिन देखि लुलिया पूर्व पतिसँग रहेको फोटो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।