२५६० औ बुद्ध जयन्ति ‘सम्वत्’ सहि की बेठीक ?
नेपाल सरकारले यस बर्ष भगवान बुद्धको २५६० औ जन्म जयन्तिको अबसरमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने भनि निर्णय गरी सकेकोले यहि सम्बत् आधिकारिक हो भन्ने पुस्टि हुन्छ अर्थात् २५६० औ बुद्ध जयन्ति वा जन्म बर्ष या साल हो |
तर युनिस्कोले आफ्नो वेबसाइतमा सिद्धार्थ गौतम बुद्धको जन्म इस्वी सम्बत् भन्दा ६२३ बर्ष अघि लुम्बिनीमा भएको उल्लेख छ | यसै गरी विकिपीडीयले सिद्धार्थ गौतम बुद्धको जन्म इस्वी सम्बत् भन्दा ५६३ बर्ष भएको जनाएको छ | यी दुई तथ्यलाई हेर्ने हो भने पनि सम्बत् मा भिन्नता देखिन्छ |
यदि युनिस्कोले जनाए अनुसार बर्षको गणना गर्ने हो भने भगवान बुद्धको जन्म (२०१६ + ६२३ ) जोड्दा यसपाली २६३९ औ जन्म जयन्ति हुना आउँछ भने विकिपीडीय अनुसार (२०१६ + ५६३) जोड्दा २५७९ औ बुद्ध जयन्ति हुना आउँछ |
साथै गत २०७३ जेष्ठ १ गते इकान्तिपुरमा प्रकाशित भएको समाचार “बुद्ध जन्मस्थलमा चिनियाँ मन्त्री [फोटो फिचर ” शिर्षकमा २६४० औ बुद्ध जयन्ति उल्लेख गरिएको थियो |
सामाजिक संजालमा आएको जानकारी अनुसार हामीले मानेको २५६० औ सम्वत् भगवान बुद्ध जन्मेको बर्ष वा साल नभएर परिनिर्वाण भएको बर्ष वा साल हो |
यसलाई यसरी पुस्टि गरिएको छ – सिद्धार्थ गौतम बुद्धको जन्म आज भन्दा २६४० बर्ष अघि भएको हो | वहाँले आज भन्दा २६११ बर्ष अघि गृह त्याग गर्नु भएको र २६०५ अघि बुद्धत्व प्राप्त गर्नु भएको थियो भने २५६० बर्ष अघि परिनिर्वाण हुनु भएको हो भन्ने तथ्य बाहिर आएको छ |
हामी नेपालीहरुले यस बर्ष मनाउन गईरहेको २५६० औ सम्वत् चाहिँ कसरी र कुन अर्थमा सहि हो ? हामी सिद्धार्थ गौतम बुद्धको “जन्म-मिति”को बर्ष वा साललाई आधार मान्दै २५६० औ जन्म जयन्ति सम्वत् मानिरहेका छौ की “परिनिर्वाण”को तिथिलाई जन्म जयन्तीको रुपमा मनाउन गईरहेका छौ ? यो स्पस्ट नहुँदा प्रश्न खडा भएको छ | यसलाई कसरी सुधार्ने ?