बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तीम चरणमा – सदस्य सचिव अजितमान तामाङ
रुपन्देही ३ जेठ- बिश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी मनाउन लागिएको २५६० औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ को तयारी तिब्र पारिएको छ ।
लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्म एवम् बिश्व शान्तिको मुहान भन्ने मुल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तीम चरणमा पुगेको लुम्बिनी बिकास कोषले जानकारी दिएको छ ।
लुम्बिनीमा सरसफाईको काम तिव्र गतीका साथ अगाडि बढाईएको छ भने प्रचार प्रसारको कामलाई पनि तिब्रता दिइएको छ । जस अनुसार मायादेवि मन्दिरको बाहिरि भाग रंग रोवन गर्ने काम सकिएको छ भने भित्रि भाग रंग रोवन गर्ने काम भईरहेको छ ।
त्यसैगरी पोखरी सफा गर्ने, केन्द्रिय नहर सफ गर्ने, कार्यक्रम स्थल निमार्ण गर्ने तथा हेलिप्याड निमार्ण गर्ने काम पनि अन्तिम पुगेको चरणमा लुम्बिनी बिकास कोषका पुगेको सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।
उहाले कार्यक्रममा सहभागि हुनका लागि ७ सय बढी आयोजक समितिका सदस्यलाई निमन्त्रण गरिसकिएको छ भने स्टेज निमार्ण तथा ईभेन्ट म्यानेजमेण्टका लागि ३० लाखमा पटवा टेन्ट हाउसलाई जिम्मा दिईएको सदस्य सचिव तामाङले जानकारी दिए ।